• काठमाडौं । बिएड तेस्रो बर्षमा अध्ययनरत धादिङ सत्यदेबी गाउँपालिका—३ कि सलिना तामाङ मोडलिङ क्षेत्रमा दुई बर्षदेखी संघर्षरत छिन् ।  तामाङ भाषाको आधा दर्जन गीतमा मोडलिङ गरेकी सलिनाले गायक राज ‘गोम्जाको तार्ले सार्पे मेन्दोता टाङ्के मेन्ची होई’ बोलको तामाङ गीतबाट मोडलिङ यात्रामा डेब्यु गरेकी हुन् । तामाङ भाषाको गीतमा मात्र उनको अभिनय सिमित छैन, नेपाली लोकदोहोरी गीतमा समेत सलिनाको अभिनय देख्न पाईन्छ । राज गोम्जा र रोजिना तामाङको गयौ तिमी डाँडै काटेर बोलको गीतमा अभिनय गरेकी हुन् । पढाईमा अब्बल सलिनाले फुर्सदको समयलाई मोडलिङ क्षेत्रमा ‘युटिलाईज’ गरेको बताईन् ।


    आफ्नो जातिय संस्कृति सलिनालाई निक्कै मन पर्छ । कार्यक्रमहरुमा उनी जातिय पोसाकमा नै सजिएर देखा पर्छिन् । पछिल्लो समय आधुनिकताको नाममा आफ्नो जातिय कलासंस्कृति लोभ हुने अवस्थामा पुगेमा चिन्ता प्रकट गर्दै सलिना भन्छिन्, ‘हाम्रो कला संस्कृति संरक्षण गर्ने जिम्मा युवाहरुको काँधमा आएको छ । म आफ्नो क्षेत्रबाट कलासंस्कृति संरक्षण गर्न लागिपरेको छु ।’

    फुर्सदको समयमा अध्ययन र नयाँ नयाँ ठाउँ घुम्न रुचाउने तामाङ मिजाशिलो र निडर स्वभाव कि छिन् । कला क्षेत्रमा पारिवारिक सर्पोट र हौसलाले गर्दा यहि क्षेत्रमा केहि गर्छु भन्ने आत्मविश्वास मिलेको उनको भनाई छ ।


    म्हेन्दोमायाका बरिष्ठ गायक सुवास लामा र गायिका ऋतु लामाको ‘चोले चोले खो’ बोलको गीतमा उनले गरेको अभिनय म्हेन्दोमाया दोस्रो म्युजिक अवार्ड २०७४ मा नोमिनेसनमा पर्न सफल भएको छ । उनले त्यस गीतमा गरेको अभिनय दर्शकहरुले निक्कै रुचाएका छन् । उनले म्हेन्दोमायामाया म्युजिक अवार्डको पेजमा गएर आफ्नो फोटोमा लाईक गरेर आफुलाई बिजयी गराउन अनुरोध गरेकी छिन् ।

    https://www.facebook.com/karsyolmedia/photos/a.307771786083037.1073741828.301091010084448/702976836562528/?type=3&theater

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…