• विराटनगर । खुट्टाको सामान्य अप्रेशन गरेका व्यक्तिको मृत्यु भएपछि विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज तनाबग्रस्त बनेको छ । घुँडाको अप्रेशन गरेका सुनसरीको दुहबी नगरपालिका– ६ का ५१ वर्षीय अनीलकुमार साहको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

    मोटरसाइकलको स्टेन लगाउने क्रममा लडेर घाइते भएका साहलाई उपचारका लागि नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । नोबेलमा शुक्रबार घुँडाको शल्यक्रिया भएको थियो ।

    शल्यक्रिया भएको दुई दिनपछि अस्पालले मृत घोषणा गरेपछि आफन्त तथा स्थानीयबासी आन्दोलित बनेका हुन् । चिकित्सवले उपचारको क्रमममा लापारबाही गरेका कारण साहको मृत्यु भएको भन्दै स्थानीयबासीले नाराबाजी गरेपछि आइतबार दिउँसो अस्पताल परिसर तनाबग्रस्त बनेको थियो । लापारबाही गर्ने चिकित्सबलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पतालबाट शव उठाएका छैनन् ।

    शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दिप अधिकारी सहितकाे टोलीले शल्यक्रिया गरेको थियो । यता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा अस्पतालले कुनै लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा ‘हटेट्याक्याक’ भएको उनको भनाइ छ । बिरामीलाई बचाउन तत्काल आइसियूमा राखेपनि मृत्यु भएको उनले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…