• हेम गिरी

    यो लेख मैले कसैको कुनै आग्रह या पूर्वाग्रहमा लेखिरहेको होइन । मलाई कसैलाई खुसी पार्न या दुखी बनाउन लेख नै लेखिरहनु पर्छ जस्तो बन्दै लाग्दैन । यस लेखको समाप्तीमा तपाई आफैले मेरो विचार बुझ्नु हुने छ । मलाई यो पनि लाग्दैन कि मेरो लेखको कारण कोहि खुसी अनि कोहि दुखी हुन्छन भनेर ! लेख्छु बस, मेरो खुसीको लागि । मलाई लागेको जस्ताको त्यस्तै अरुलाई पनि लाग्नु पर्छ भनेर मैले कहिल्यै सोचेको छैन अनि सोच्दिन पनि ।

    सबैको फरक विचार हुन्छ भन्ने नै लाग्छ । अब विषय सुरु गरौ होला, अमेरिकामा सन् २०१४ देखि हरेक वर्ष मिस भुटान युएस प्रतियोगिता आयोजना हुन्छ । अमेरिकामा रहेका भुटानी युवतीहरुलाई लक्षित गरि आयोजना हुने सो प्रतियोगिताको यस वर्ष पनि अमेरिकाको पेन्सिलभेनिया स्थित पिट्स्बर्गमा आयोजना हुन लागिरहेको छ । यस प्रतियोगितालाई सुरुवातीमा हाम्रो समाजले त्यती धेरै रुचाएनन । मैले चाहिं यसको सुरुवातीदेखि नै एकदमै चासो दिंदै यस कार्यक्रमको समाचार प्रकाशन गरिरहे । यो प्रतियोगिता हिमालयन फेस्टिवल अन्तर्गत आयोजना हुन्छ ।

    रजान गिरी यस फेस्टिवलका अध्यक्षा हुन् । फेरि मैले राजन दाईलाई चिनेको कारण यो सब लेखिरहेको चाहिं हुँदै होइन । मैले राजन दाजुलाई यसै कार्यक्रम मार्फत चाहिं सम्बन्ध मजबुद बनाउने अवसर पाएको हुँ। दुनियाँले यस प्रतियोगितालाई अनेक थरि भने अनि अहिले पनि भन्दै होलान तर मेरो विचार फरक छ । अहिलेसम्म मिस भुटान युएस भएकाहरु सबैलाई चिन्छु सायद उनीहरूले पनि चिन्छन् होलान् । धेरै निकट चाहिं सन् २०१५ की मिस भुटान युएस नुमा लिम्बुसँग हुन पुगेको थिए किन कि नुमा लिम्बुको सहकार्यमा हामीले नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाहरुको लागि कार्यक्रम पनि आयोजना गरेको थियौ । खैर यो कुरा यतिमै सिमित राखौ, अहिलेसम्म मिस भुटान युएसहरु के के गरे भन्ने विषयमा म यहाँ बेलीविस्तार गर्दिन ।

    यति भन्छु, सन् २०१८ की मिस भुटान युएस सुचिता प्रधान बाहेक अन्या मिस भुटान युएसहरुले नेपालमा रहेका भुटानी शरणार्थीहरुको लागि केहि न केहि गरिरहे तर अमेरिकामा रहेका भुटानीहरुको लागि चाहिं सिन्को भाँचेको भन्ने कुरा मैले चाहिं थाहा पाउन सकिरहेको छैन । हाम्रो तिरा मिस भुटान युएस कसरी छनौट हुन्छन भन्ने विषयमा टाढा बसेर मात्र हेर्ने मौका मिलेको छ। यो प्रतियोगितामा मैले अहिलेसम्म आलोचना गरेको छैन अनि गर्दिन पनि ।

    यो प्रतियोगितामा सुरुवातीदेखिकै सबै भन्दा ठुलो समर्थक हुँ तर आलोचकहरू सबै कुरा बुझे पछि बिस्तारै कसरी प्रशंसक बन्छन भन्ने कुरा ‘मिस भुटान यूएस’ प्रतियोगिता हेरिरहँदा मैले थाहा पाएको छु । सुरुवातीमा तीन भित्ता उप्र्रेर विरोध गर्नेहरु अहिले यसै कार्यक्रममा प्रायोजित गर्दै आएको देखिरहेको छु । उहाँहरुको नाम चाही नलेखौ होला ।

    मिस भुटान युएस प्रतियोगिताको सबै भन्दा ठुलो सफलता यो नै हो जस्तो मलाई लाग्छ । सुरुमा मिस भुटान युएसमा सहभागी हुनेहरुले भुटानको भाषा बोल्नु पर्ने अनि भुटानी पोशाक लगाउनु पर्ने भन्दै दुनियाँ महावीरहरुले बेकारको बहस गरेका थिए तर अहिले तिनीहरु सबै कता छन् कता ? अहिले सब गुपचाप नै होलान खोइ केहि बोल्दैनन ? कोहि कोहि चाहिं टिकट काटेर कार्यक्रममा दर्शकको रुपमा आउछन होलान ।

    कहिले कहिँ हाम्रा मान्छेहरु अमेरिकामा बसेर पनि खुब मिस भुटान रे ? भन्दै फेसबुकमा चम्केको देख्छु । एक कुराकानीमा राजन दाईले मिस भुटान युएसको नाम यसरी जुरेको भन्दै सुनाउनु भएको थियो, उहाँले भन्नु भएको थियो,'अमेरिकामा रहेका प्राय धेरै आप्रवासी समुदायहरु जस्तै नेपाली समुदाय, भरतीय समुदाय अनि पाकिस्तानी समुदाय लगायत केहि समुदायले आफ्नो समुदायमा रहेका युवतीहरुको चौतर्फी विकासको लागि यस्तो सौन्दर्य प्रस्तिपर्धाको आयोजाना गरिरहेको हुन्छन ।

    हामीले सोचौ, हामीले चाहिं हाम्रो समाजका युवतीहरुको चौतर्फी विकासको लागि त्यस्तो कार्यक्रम किन नगर्ने ? त्यसपछि विभिन्न योजना बनेर यो प्रतियोगिताको थालिन गरेको हौ । हाम्रो समुदाय अमेरिकामा भुटानीको रुपमा पुनर्वास भएको कारण प्रतियोगिताको टाइटल मिस भुटान युएस नै उत्तम हुन्छ भन्ने लगेर राखेको हौ ।' विरोध गर्नकै लागि चम्केकाहरुलाई मेरो भन्नु केहि छैन तर यो विषयमा केहि बहस गर्न चाहनेहरुलाई सधै साथ रहने छ । यस प्रतियोगितामा भुटानकै युवतीहरुको पनि सभागिता भए सुनमा सुगन्ध हुन्थ्यो तर अहिलेसम्म नेपाली मूलका भुटानी युवतीहरु मात्रैको सभागिता भैरहेको छ । यसो भन्दैमा सुगन्ध नहुँदैमा सुनले आफ्नो गुण चाहिं छोडदैन ।

    मिस भुटान युएस प्रतियोगिता बौद्धिकताको प्रतियोगिता हो या सुन्दरताको भन्ने प्रश्न जस्ताको त्यस्तै छ । हुन त सुन्दरताको मापक के हो भन्ने प्रश्न आउन सक्ला? मलाई सुन्दर लागेको विषय वस्तु अन्यलाई सुन्दर नै लागिरहेको हुन्छ नै भन्ने हुन्दैन अनि कम्मर, घाँटी, कपाल लगायत शरीरका अङ्गलाई मूल्याङ्कनको आधार मानेर विजेता छनौट गर्नेवालाहरुले कुनै पनि हालतमा बौद्धिकताको प्रतियोगिता गरिरहेको हुदैनन् । धेरै कुरा के गरिराख्नु । हामीले भनेको हुने पनि केहि होइन तर यति चाहिं लेख्छु, ‘मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल अनि मिलेको जिउडाल भएकी होइन, सकारात्मक रूपमा सामाजिक अवस्था परिवर्तन गर्न सक्ने, थोरै भए पनि आफ्नै समाजलाई केहि न केहि सहयोग गर्न सक्ने अनि आफ्नो पृष्ठभूमि कहिल्यै नभुल्ने मिस भुटान यूएस हामीलाई चाहिएको छ । अस्तु !

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…