• बाहुण्डाँगी । सांखु जेसीजको वर्ष २०१९ को जेसिज सप्ताह कार्यक्रम अन्तरगत शनिवार रक्तदान कार्यक्रम भव्य र सब्य रुपमा मनाएको छ। शंखरापुर न.पा बडा नम्बर ७ महादेव स्थान को प्राङ्गणमा भयको रक्तदान कार्यक्रममा ११० प्रिन्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस शाखा भक्तपुरको प्राविधिक सहयोगमा भएको उक्त रक्तदानबाट संकलन भएको रगत मध्ये १०० प्रिन्ट रगत रेडक्रस र शंखरापुर न. पा वडा नं ०७ मा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटल लाई १० पिन्ट रगत दिएको छ । कार्यक्रमा मा सांखु जेसिज का अध्यक्ष जेसि रामेश्वर ढकालले सम्पुर्ण रक्तदाता एंब भक्तपुर रेडक्रस र सुष्मा कोइराला हस्पिटल लाई धन्यबाद तथा मायाको चिनो प्रदान गर्नु भयो । अध्यक्ष ढकाले एक स्वस्थय ब्यक्तिले हरेक ३ ÷ ३महिना रक्तदान गर्न सकिने र एक पिन्ट दान गरेको रगतले ४ जना को जीवन बचाउन सकिने भन्दै तराइमा आएको बाढी प्रभाबित क्षेत्रमा धेरै जनाको जीवन बचाउन सम्भब रहेको जानकारी दिनु भयो। मानबताको सेवा जिबनको सर्बोत्म कार्य हो भन्ने जेसिजको मुल मन्त्रलाई आत्मसाथ गर्दै प्रत्येक बर्ष जेसिज सप्ताहा अन्तरगत गरिदै आएको बताउनु भयो । कार्यक्रममा सांखु जेसिज का पुर्ब अध्यक्ष ज्यु हरु जेसिज सदस्य लगायत धापासि जेसिज अध्यक्ष ज्यु, माहासचिब, तथा कानुनि सल्लाहकारको पनि उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम का संयोजक सांखु जेसिजका सह कोषाध्यक्ष जेसि रामनाथ योगि हुनुहुन्थयो भने सप्ताहाका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष जेसि गणेश दुलाल हुनुहुन्थ्यो ।





सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…