• बाहुण्डाँगी । प्रस्तावित लेडि जेसिज धनकुटाको आयोजनामा गरिएको महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सो तालिमको १ नम्वर प्रदेशका सांसद कुसुमकुमारी श्रेष्ठले पानसमा बत्ति वालेर उद्घाटन गरिन । सो अवसरमा सांसद श्रेष्ठले तालिमले सार्वजनिक कार्यक्रममा बोल्न डर मान्ने महिलाहरुको आत्मविश्वास अभिबृद्धि गर्दै क्षमता बढाउन मद्दत गर्ने बताईन । उनले अहिले समय धेरै परिवर्तन भैसकेको बताउादै पहिले महिलाहरु घरको चुलोचौकामा सीमित हुनुपर्ने बाध्यता नरहेको बताईन । उनले धनकुटामा महिलाहरु सामाजिक क्षेत्रलगायत हरेक क्षेत्रमा सक्रियतापूर्वक सहभागी हुने वातावरण बनाएकोमा लेडि जेसीको प्रशंसा गरिन् ।

    लेडी जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजयसन्तोषी राई, निगाले सिमेन्टका सञ्चालक दिनेश पौडेल, नेपाल रेडक्रस सोसाईटी धनकुटका मन्त्री हरी राई, तरहरा जेसिजका अध्यक्ष विकास गिरी, पूर्व अध्यक्ष तथा सिनेटर कृष्णप्रसाद भट्टराईलगायतले उद्घोषण तालिमले महिलाका क्षमता तथा कला प्रस्फुटन गर्न सक्षम बनाउने बताए । तालिमको संयोजक विपना श्रेष्ठको संयाजकत्वमा भएको थियो ।

    तालिममा प्रशिक्षक कृष्णप्रसाद भट्टराई, भोलाकाजी वस्नेत, नैन विश्वकर्मालगायतले प्रशिक्षण दिएका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य जेसिजका उपाध्यक्ष बृषिका श्रेष्ठले र संचालन महासचिव सावित्रा राईले गरेका थिईन । तालिममा ३० जना महिला सहभागीहरुले भागलिएको जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठले जानकारी दिईन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…