• बाहुण्डाँगी । लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्यन गृहमा सामग्री हस्तान्तरण गरीएको छ । जेसिजको आयोजनामा जारी सप्ताहाप्यापी कार्यक्रम अन्तरगत चौथो दिन एकता शिविर लम्कीमा रहेको नमुना अध्यनगृहमा अध्यनरत बालबालिकाको खानेपानीका लागि ट्याङ्की हस्तान्तरण गरीएको छ । किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीको आर्थिक सहयोगमा सो सामग्री हस्तान्तरण गरीएको हो ।
    सृजनशिल नेपालको पहलमा निमार्ण भएको उक्त अध्यनगृहमा करीब एक सय जना भन्दा बढी मुक्त कमैयाका बालबालिका पढदै आएका छन । बिभिन्न दाताहरुको सहयोगमा सृजनशिल नेपालको पहलमा निमार्ण गरीएको उक्त भवनमा अब खानेपानीको लागि लम्की जेसिज र लम्की लेडि जेसिजको पहलमा खानेपानीका लागि ट्याङ्की हस्तानतरण गरीएपछि खानेपानीको समस्या टर्ने अध्यन गृहकी शिक्षिका सुधामा चौधरीले बताउनु भएको छ ।

    एक कार्यक्रमका बिच सो सामग्री लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना र लम्की लेडिजका अध्यक्ष इशरा थापाका साथै सम्पुर्ण जेसिज परिवार र किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले नमुना अध्यनगृहका शिक्षिका सुधामा चौधरी र सृजनशिल नेपालका अध्यक्ष जनक सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
    सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक पार्व्ति रोकायाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा–प्रबन्धक तथा लम्की जेसिजका पुर्ब अध्यक्ष डम्बर बहादुर शाह रहनु भएको थियो ।
    भने कार्यक्रमको बिशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका स्वाथ्य शाखा संयोजक जयन्ती वि.सि. रहनु भएको थियो । लम्की जेसिजका कार्यकारीणि उपाध्यक्ष नेत्र प्रसाद जैशीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना, लम्की लेडिजका अध्यक्ष इशरा थापा, पुर्ब अध्यक्षहरु देवकी कार्कि, जुगराम चौधरी लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै लम्की जेसिजका पुर्ब अध्यक्ष तथा किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले लम्की जेसिजले आफ्नो स्थापना कालदेखि नै समाजमा रचनात्मक काम गदै आएको बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…