• बाहुण्डाँगी । लम्की जेसिज सप्ताहा अन्तरगत पाँचौं दिन, उद्घोषण कला तालिमको देखि शुरु भएको छ । हरेक बर्ष झै यस बर्षपनी लम्की जेसिज र लम्की लेडि जेसिजको संयुक्त आयोजनामा साउन १ गते देखि शरुु भएको सप्ताहाब्यापि कार्यक्रम अन्तरगत आज यस क्षेत्रका बिभिन्न विद्यालयमा अध्यनरत विद्यार्थिहरुका लागि २ दिने उद्घोषण कला सम्बन्धी तालिम शुरु भएको हो । तालिममा करीब ३० जना बढी बालबालिकाको सहभागिता रहेको छ ।

    तालिम भोली सम्म सञ्चालन गरीने लम्की जेसिजले जनाएको छ । तालिममा लम्की जेसिजका निर्बतमान कानुनि सल्लाहाकार युवराज न्यौपाने र लम्की जेसिजका बर्तमान कार्यकारीणि उपाध्यक्ष नेत्र प्रसाद जैशीले सहजिकरण गरी रहनु भएको छ ।

    लम्की जेसिजका कार्यकारीणि उपाध्यक्ष समेत रहनु भएका उद्घोषण कार्यक्रमका संयोजक घनश्याम डागिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा लम्की चुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम रहनु भएको थियो । भने कार्यक्रमको बिशिष्ट अतिथीमा लम्की जेसिजका संस्थापक अध्यक्ष हेमन्त बहादुर चलाउने रहनु भएको थियो ।

    कार्यक्रममा प्रशिक्षक नेत्र प्रसाद जैशी, युवराज न्यौपाने, लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना, लम्की लेडि जेसिजका अध्यक्ष इशरा थापा, लम्की जेसिजका महा सचिव बविता पाण्डे न्यौपाने, लम्की लेडि जेसिजका महा सचिव मिना स्वडारी विष्ट लगायतकाले शुभकामना मन्तब्य दिनु भएको थियो ।

    कार्यक्रमको सञ्चालन लम्की जेसिजका उपाध्यक्ष चक्र उपाध्यायले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बमले लम्की जेसिजको भवनको स्तर उन्नतीका लागि चालु आर्थिक बर्षमा ५ लाख बजेट बिनियोजन गरेको बताउनु भएको थियो ।

    लम्की जेसिजले यस क्षेत्रमा थुप्रै नेता जन्माएको बताउदै यस संस्थाको संरक्षण र प्रर्बद्धनमा सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…