• साउन ७, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिकाका विभिन्न वडामा वसोवास गर्ने ४ वटा परिवारलाई किरात याक्थुङ चुम्लुङ इजरायलले सहयोग गरेको छ ।
    लामो सयम देखि इजरायलमा वसोवास गर्दै आएकी स्थानिय नुमा काङवा बखिम र माया इम्सोङले आर्थिक सहयोग संकलन गरि याक्थुङ चुम्लुङ इजरायल शाखाको सहयोगमा सोमवार प्रतिपरिवार ३० हजार ७ सय ५० रुपैयाका दरले १ लाख २५ हजार रुपैया सहयोग प्रदान गरेको हो ।


    सहयोग पाउने हरुमा पथरी शनिश्चरे १० की कल्पना धिमाल, सोही वडाका विष्णु माया राई, पथरी शनिश्चरे ५ हसन्दहकी विमला दर्जी र पथरी शनिश्चरे १ का दल वहादुर गुरुङ रहेका छन् ।
    सहयोग रकम अभियानकर्ता (नुमा काङवा बखिम ) की आमा इन्द« कुमारी लिम्वु, हिरक निम्नमाध्यमीक विद्यायलयका प्रअ राम ढकाल, युवा व्यावसायी भुवन थापाले दुखी पिडित, असाहय गरिव शारिरिक रुपमा अश्क्त रहेको परिवारका सदस्यलाई सो रकम प्रदान गरेका हुन ।
    कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० मा रहेको हिरक निम्नमाध्यमिक विद्यायलमा भएको थियो ।


    विदेशी भुमीमा रहेर पनि नुमाको सहयोगमा यस अघि पनि विभिन्न दिर्घरोग वाट थलिएका एव विपतमा परेका हरुलाई आर्थीक सहयोग गर्दै आएको उनकी आमाले वतार्ईन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …