• साउन ७, पथरी ।
    नेपाल तरुण दल पथरीशनिश्चरे नगर कार्यसमिति र क्षेत्रीय सचिव पर्शु गुरुङको संयोजनमा पथरी शनिश्चरेका २ विपन्न परिवारलाई सहयोग गरेको छ ।
    आईतवार नगरका विपन्न परिवार मध्ये वडा नम्वर ४ का प्रेम अधिकारी र वडा नम्वर २ का मनोज विश्वकर्माको परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।
    वडा नं. ४ का अधिकारीको परिवारलाई ५ बोरा चामल, एक बोरा भुजा, एक काटुन साबुन, एक काटुन खाने तेल, १० केजी दाल, एक दर्जन कापी, एक दर्जन डटपेन, एक दर्जन इरेजर र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
    यस्तै वडा नं. २ का विश्वकर्माको परिवारलाई भने नगद ४ बोरा चामल, एक बोरा भुजा, एक काटुन तेल र १० केजी दाल वितरण गरिएको थियो ।
    सो खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय सदस्य विक्रम लिम्बु, महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु लगायतको उपस्थिति रहेको तरुण दल पथरीशनिश्चरेका सभापति सन्तोष कटुवालले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …