• विराटनगरःविराटनगरमा जारी मेलामा देखादेखी थोत्रा जुत्ताचप्पलको कारोबार हुँदासमेत सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।

    एक महिनासम्म सञ्चालन गर्ने योजनाका साथ सुरु गरिएको मेलामा विभिन्न जुत्ताचप्पल कम्पनीले थोत्रा, मैला, कलर उडेका जुत्ता चप्पल बेच्न राखेका छन् ।  जैन भवनमा जारी मेलामा उपभोक्तालाई ७५ प्रतिशतसम्म छुट दिने भन्ने हौवा चलाएर सुरु गरिएको मेलामा मुस्किलले २० प्रतिशतसम्म छुट दिएर थोत्रा जुत्ताचप्पल भिंडाउने गरिएको छ ।

    मेलामा भेटिएका एकजना ग्राहक नरेश यादवले भने,‘फुरुङ भएर जुत्ता किन्न आएको थिए जुत्ताको हालत र दिइएको छुट हेरेर खङरङ भई फर्किए ।’ उनले छुटको नाम दिएर थोत्रा जुत्ता बेचेको देख्दासमेत प्रासनले कार्वाहीका लागि चासो नदिनु उदेकलाग्दो भएको बताए । मेलामा हौसिएर पुग्नेहरु थोत्रा मालसामानको डंगुर देखेर रित्तै हात फर्कने गरेका छन् ।

    विराटनगरर नेपालमा उत्पादित जुत्ता तथा चप्पललाई स्वदेशमै प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले भन्दै बिहीबारदेखि फुटवेयर बिजनेस एक्स्पो सुरु भएको थियो । नेपाली जुत्ता घरले आयोजना गरेको एक्स्पो एक महिनासम्म सञ्चालन गरिने दाबी गरिएको छ ।

    पत्रकार सम्मेलन गर्दै जुत्ताघरका राष्ट्रिय अध्यक्ष होमनाथ उपाध्यायले उपभोक्तालाई निकै सस्तोमा गुणस्तरीय जुत्ताचप्पल बिक्री गर्ने बताएका थिए । यसअघि राजधानीमा २ पटक र मोफसलका पोखरा र बुटवलमा गरी जम्मा ४ पटक यस्तो प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको उनले दाबी गरेका छन् ।
    प्रदर्शनीमा शिखर सुज, बिएफ, डियर हिल सुज, सुल्यान्ड र हाइलाइफ गरी ५ ब्रान्डेड कम्पनीका उत्पादन राखिएको छ । ५ करोडभन्दा बढीको कारोबार गरिने लक्ष्य राखिएको उपाध्याय बताउँछन् । यसरी पाँच करोडको कारोबार भए कम्पनीले बिक्न नसकेर कवाडी बनाएर फ्याँक्नु पर्ने थोत्राजुत्ता चप्पलबाट सल्टाउने छन् । वाणिज्य कार्यालय विराटनगरले भने थोत्रा जुत्ताचप्पलको कारोबारको विषयमा गुनासो आएको जनाएको छ ।

    विषेश छुटको भड्किलो प्रचार सहित विराटनगरमा भईरहेको मेलामा छुट पनि नपाइएको र मेनुफेक्चर डिफेक्ट अर्थात बेच्न अयोग्य जुत्ता बिक्री गरिरहेको उपोभोक्ताको गुनासो छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…