• झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन । छिमेकी साथी संग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन ५ गते देखि वेपत्ता भएको उनका बुबा गोकुल खनालले वताए ।

    आफन्त र उनका साथीहरुको घर खोजि गर्दापनि कहि फेला नपरेको खनालले वताए । उनका छिमेकी साथीका अनुसार दिउसो १ बजे सम्म घरैमा लुकीडुम खेलिरहेका थियौ । लुक्ने क्रममा हराएका उनि अहिले सम्म फर्कीएका छैनन् ।

    साउन ५ गते देखि हराएका आसिस खनाल नाम गरेका ति बालक त्यसैदिन ३ वजेपछि पुर्वपश्चिम राजमार्गको दुधे हुदै पूर्व गएको सतासीधाम सामुदायिक प्रहरी केन्द्रको सिसि टिभीको फुटेज देखिएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

    दुुई रङ्गको भेष्ट, सामुदायिक विद्यालयको निलो पैन्ट र साधरण फ्याटफ्याटे चप्पल लगाएर हराईरहेका आसीस नेपाली, अंग्रेजी र हिन्दी भाषामा कुरा गर्न सक्ने उनका बुवाले वताएका छन । उनका वुबा खनालले एक अपिल प्रकाशित गर्दे भनेका छन, ‘मेरो छोरा लाई देख्नु वा भेट्नु हुने माहानुभावले नजिकको प्रहरीमा खवर गरिदिनुहोस’ ।

    यता ईलाका प्रहरी कार्यलय झिलझिलेले बालक वेपत्ता भएको निवेदन आउने वित्तीकै खोजि कार्य शुरु गरेको वताएको छ । हामीले मातहतका प्रहरी खटाएर संभावित स्थानमा खोजि गरिरहेका छौ । बेपत्ता बालक धरमपुरको लक्ष्मी नारायण माविमा कक्षा ७ मा अध्ययनरत थिए भने यस अघि सुरुङ्गाको कनकाई माविमा कक्षा ६ सम्म अध्ययन गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…