• नेपाली महिलाहरुको महान चाड हरितालीका तिज आउन झण्डै दुई महिना बाँकी भए पनि बजारमा नयाँ नयाँ तिजगीत आइसकेका छन्। यसै क्रममा चर्चित गायक तथा सर्जक विनोद ढकालले पनि यस वर्षको पहिलो तीजगीत बजारमा ल्याएका छन् । पछिल्लो समय चर्चित एप्स टिकटकलाई विषयवस्तु बनाएर गायक ढकालले ‘टिक टक गरम आऊ’ गीत बजारमा ल्याएका हुन्।

    उनले आफ्नै अफिसियल यूट्यूब च्यानल विनोद ढकाल मार्फत बजारमा ल्याएका हुन्। टिकटकले गर्दा समाजमा के कस्ता विकृतिहरु भइरहेका छन्, टिकटकको उपयोग कसरी भइरहेको छ भन्ने यथार्थलाई ब्यंग्यत्मक तवरले गायक तथा सर्जक ढकाले शब्दमा उतारेका छन्। म्युजिक ल्याब प्रालीले बजारमा ल्याएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालले स्वर भरेका छन्। गीतको शब्द तथा लय विनोद ढकालकै रहेको छ।

    गीतको म्युजिक भिडियोमा अभिनय पवन खतिवडा (म्याकुरी), शुशिला निरौला (बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, विपी सुवेदी,सर्जु श्रेष्ठ लगायतको रहेको छ। गीतको भिडियोको परिकल्पना गायक ढकालले गरेका हुन भने निर्देशन लक्ष्मण श्रेष्ठ गरे। रामकृष्ण चौलागाइँले क्यामेरामा कैद गरेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन्।

    भिडियो

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…