• २०७६ श्रावन ९ बिहिवार

    गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेंशीगाउ अत्तरखेलमा संचालित भेनस कलेजले कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई लक्षित गरि फ्रेसर्स समिट सम्पन्न गरेको छ ।सोमबार  भेनस कलेजको सभा हलमा भएको सो कार्यक्रममा भेनस कलेजमा  कक्षा ११मा नया  भर्ना भएका  विद्यार्थीहरुलाई लक्षित कार्यक्रम आयोजना  गरिएको हो। गुणस्तरीय शिक्षा र कलेजको बारेमा कक्षा ११ मा नया  भर्ना भएका करिब १६०  जना विद्यार्थीहरु लाइ  अभिमुखीकरण ,उत्प्रेरणा , परामर्श ,आचार संहिता आदि विषयमा जानकारी गराइएको  थियो । सो कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिदैं कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा समेत जानकारी गराएको थियो ।



    उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, त्रिभुवन विश्व बिध्यालयका सहायक प्रोफेसर धन राज चालिसे, भेनस कलेजका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, भेनस कलेजका एकेडेमिक डिरेक्टर कृष्ण प्रसाद गौतम,भेनस कलेजका  बिनित राज अर्याल, भेनस कलेजका  व्यवस्थापन संकाय  प्रेम बस्नेत,महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्का बिभिन्न बिद्यालयका प्रिन्सिपल शिक्षक तथा भेनस कलेजमा कक्षा ११मा नया भर्ना भएका बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो।कार्यक्रमको सभाध्यक्षता भेनस कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाले गरेका थिए  भने कार्यक्रम संचालन मोहन अधिकारीले गरेका थिए।राष्ट्रिय गान संगै सुरु भएको सो कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।



    कार्यक्रममा भेनस कलेजका प्रिन्सिपल नेत्र प्रसाद दाहालले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए उनले स्थापना काल देखि उत्कृष्ट नतिजा ल्याउन सफल भेनस ले गत वर्षा देखि प्लस टु संचालन गरेको बताए  उत्कृष्ट नतिजा ल्याउन सफल भए संगै अभिभावक र बिद्यार्थीको माग बमोजिम कक्षा ११ संचालन गरिएको उनको भनाइ थियो ।उनले  गुणस्तरिय शिक्षा प्रदानका लागी कलेजले कुनै पनि कुराको कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा व्यवस्थापन संकायका प्रेम बस्नेतले शुभकामना मन्तब्य राख्दै भेनस कलेजमा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेका थिए  उनले भेनस कलेजले बिद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा विशेष जोड दिदै आएको बताए।  उनले  कलेजको सम्पुर्ण गतिविधिमा विद्यार्थीको उच्च संलग्नताका साथ अगाडि बढ्नु पर्ने आजको शिक्षाको आवश्यकता रहेको बताए ।कार्यक्रममा भेनस कलेजका फ्याकल्टी मेम्बरहरुहरुले परिचय संगै बिद्यार्थीहरुलाई स्वागत गरेका थिए।



    कार्यक्रममा शुभकामना मन्तब्य राख्दै भेनस कलेजका एकेडेमिक डिरेक्टर कृष्ण प्रसाद गौतमले नया बिद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भबिष्यको कामना गरेका थिए भेनसले आफ्नो   स्थापना काल देखी हालसम्म उत्कृष्ट नतिजा हात पारेको उदारण प्रस्तुत गर्दै शैक्षिक गतिविधिमा मात्र नभइ अन्य अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थी अब्बल हुनु पर्ने धारणा राखेका थिए साउन ९ गते देखि नियमित कक्षा संचालन हुने जानकारी गराउदै उनले  भर्ना हुन चाहने बिद्यार्थीले  कलेजमा सम्पर्क गर्न सकिने पनि बताए।उनले आफ्नो शैक्षिक लक्ष प्राप्तिका लागि अनुसासित भएर अध्यायनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । सबैखाले शैक्षिक पुर्वाधार सम्पन्न रहेको कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पठनपाठन हुने जानकारी दिदै विद्याथीहरुको शैक्षिक विकासमा कलेज सधै लागि पर्ने प्रतिवद्धता जनाए ।



    उनले भने सुन को महत्व त्यतिबेला मात्र सार्थक हुन्छ जब त्यसलाई गहनाको रुपमा सबैलाई लाउछन हो भेनसको लागि  बिद्यार्थीहरु सुन हुन् त्यो सुनलाई भेनसले गहना बनाएर सबै माझ पुर्याउन प्रयास गर्ने बताए। उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न भेनस सफल हुने बिश्वास ब्यक्त गरे उनले भेनसले एम टु एम अर्थात् मन्टेश्वरी देखि मास्टर सम्मको पढाइ गर्ने शैक्षिक केन्द्रको रुपमा भेनसलाइ अगाडी बढाउन लागेको बताए ।  उनले भेनस स्कुलमा बिद्यार्थीको चाप बढे संगै छुट्टै भौतिक पूर्वाधार निर्माण गरी कलेज सचालन गरिएको बताए। उनले भेनस कलेजमा कक्षा ११ माब्य्वास्थापाब मानविकी साइन्स र शिक्षा को कक्षा संचालन हुने जानकारी गराउदै कलेजको नियमको बारेमा पनि जानकारी गराएका थिएकलेजले शिक्षाको साथ साथै बिभिन्न अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउदै  अघि बढ्ने कलेजको नीति रहेको बताए ।



    कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले  एस ई ई मा उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।उनले  विद्यार्थीलाई  उचित परामर्श नदिदा विविध कारणले आफ्नो शैक्षिक गन्तव्यमा पुग्न सक्दैनन ,गलत बिषय चयन गर्न सक्ने र साथीहरूको लहलहैमा लागेर र अभिभावकको करले गर्दा आफुलाइ मन परेको बिषय रोज्न नसकेर विद्यार्थीहरु अलमलिएको  आफुले देखिएको बताउदै   अभिभावकहरु र विद्यार्थीहरु पनि सजग भै आफुलाई मन परेको विषय अध्ययन गर्नु पर्ने बताएका  थिए ।उनले आफुले चाहेको  विषय छनौट गरि पढ्न र जुन विषयमा अध्ययन गरिन्छ, त्यस विषयमा विशिष्टता हासिल गरि भविष्यको सुन्दर देश नेपाल निर्माण गर्ने पनि विद्यार्थीहरुनै भएकोले लगनशिल र मेहेनतका साथ पढ्न आग्रह गर्दै आगामी  दिनमा शैक्षिक सफलताको कामना गरेका थिए  ।उनले थोरै जी पी ए र धेरै जि पी ए ले अध्ययनमा फरक नपर्ने बताए ।



    उनले निजि बिद्यालयले नेपालको शिक्षामा ठुलो योगदान पुर्याइरहेको समेत बताए ।उनले नेपालमा शिक्षा प्रदान गराउनका लागि विभिन्न नारा लिएर नेपाल सरकार अगाडि बढे पनि  सरकारको एक्लै पहलले त्यो  सम्भव नहुँदा  र  मुलुकमा गुणस्तरीय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने शिक्षाको खोजी गर्दै कैयौं विद्यार्थीहरु विदेशिएको  बताए  ।उनले  देशको सक्षम र दक्ष जनशक्तिको विदेशतिर आकर्षण बढिरहेको र विदेशिने बिद्यार्थी र  ठुलो  धनराशी लाइ नेपालमा नै राख्नको लागि बिद्यार्थीलाइ अन्य मुलुक संग  प्रतिस्पर्धा गर्न सक्ने शिक्षा दिने अभिप्रायले निजी विद्यालय स्थापना भएको बताए  ।  उनले देशमा भएका विभिन्न परिवर्तनमा पनि निजी विद्यालयले महत्वपूर्ण योगदान गरेको बताउदै   विभिन्न आरोह अवरोहलाई पार गर्दै निजी विद्यालय यस अवस्थामा आइपुगेको बताए। उनले  तर पनि राज्यले निजि बिध्यालयलाइ  हेर्ने दृष्टिकोणमा परिवर्तन हुननसकेको बताए  ।



    कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै त्रिभुवन विश्व बिध्यालयका सहायक प्रोफेसर धन राज चालिसेले आयोजकलाइ धन्यबाद दिदै नया बिद्यार्थीहरुलाई स्वागत गरेका थिए शैक्षिक लक्ष्य  प्राप्तिका लागि अनुसासित भएर अध्ययनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।



    कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिएका थिए । उनले गोकर्णेश्वर नगरपालिकालाइ शैक्षिक हबको रुपमा विकास गर्नको लागि सबैको साथ् र सहयोग आवश्यक रहेको बताएका ५थिये उनले ७७ वटा जिल्ला मध्ये स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागु गर्न गोकर्णेश्वर नगरपालिका सफल भएको बताउदै चाडै कक्षा ९ र १० को पनि स्थानीय पाठ्यक्रम निर्माण गर्ने बताए।उनले भेनस कलेजलाई शुभकामना ब्यक्त  गर्दै गोकर्णेश्वर नगरपालिकामा बढ्दो लागुऔषद दुर्व्यसनीलाइ न्यूनीकरण गर्नको लागि विभिन्न कार्यक्रमहरु ल्याउन लागेको पनि बताए ।  सभाध्यक्षता को आसन बाट बोल्दै भेनस कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।कपन अनलाइनबाट

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…