• रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर पछिल्लो समय निकै चर्चामा रहेकी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् ।

    कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ ।

    कुराकानी पढ्नुस :

    आजभोलि केमा व्यस्त हुनुहन्छ ?
    आजभोलि यस्तै कार्यक्रममा व्यस्त छु । साउनमा मलेसिया जान्छु । यो पालि तीजको गीत नगरुँ कि भन्नेमा थिए । तर फेरि एउटा भए पनि निकाल्नु पर्छ भन्ने लाग्यो । तीजको गीतमा पनि अलि व्यस्त छु ।

    तपाईंंको फेसबुक पेज त धेरै छ नि ? आफैँ चलाउनु हुन्छ कि, के हो ?
    (हास्दै) हेर्नु, मैले फेसबुक त भर्खर हो चलाउन थालेको । फेसबुक नचलाउदा पनि साथीहरुले तेरो त फेसबुक रै’छ भन्नुहुन्थ्यो । जबकी मैले फेसबुक नै त्योे बेला चलाउँदैन थिएँ । अब आफै बुझ्नु । मेरो धेरै झुठा फेसबुक आइडी, पेज छन् ।

    तपाईंले पहिरन पनि छाति देखाएर लगाउनु हुन्छ भन्ने अरोप छ नि ?
    हाहाहा….हेर्नुस्, तपाईंले भनेको कुरा म बुझ्छु । मैले पुरै छाति देखाएर लुगा लगाएको छैन । तर जो ले जेसुकै भनोस् । मलाई मेरो क्लिभेज धेरै मन पर्छ ।

    रोल्पादेखि काठमाडौँसम्म आउदा कति सजिलो भयो ?
    म रोल्पाबाट पहिला दाङ झरेको हुँ । पढ्नलाई । त्यसपछि दाङबाट काठमाडौँको यात्रा गरेको हुँ । दाङबाट काठमाडौँको यात्रा त बसमा सजिलै भयो । तर काठमाडौँमा पुगेपछि संघर्ष सुरु भयो ।

    तपाईंलाई त तपाईंको श्रीमानले शारीरिक सम्बन्धमा सन्तुष्टी दिनु हुँदैन रे नि ?
    हाहाहा, अब तपाईंको यो प्रश्नको उत्तर मैले के भनेर दिनु । मराे कानुनीरुपमा कसैसँग बिहे भएको छैन । जहाँसम्म मायाको कुरा छ, त्यो त ममात्र होइन । सबैलाई हुन्छ । बिहे नभएको मान्छेको श्रीमान कहाँबाट आयो ।

    तपाईं त एक्कासी चर्चामा आउनु भयो है ?
    कहाँ एक्कासी आउनु नि ! धेरै मेहनत गरेको छु । त्यो दिनका मेरा संघर्ष सम्झिँदा आजभोलि जीवनमा धेरै संघर्ष गरियोजस्तो लाग्छ । तर जीवन नै संघर्ष रहेछ । दोहोरी साँझबाट सुरु गरेको मेरो जीवन अहिले यहाँसम्म पुगेको छ ।

    कार्यक्रममा विदेशमा जानु हुन्छ । पैसा त निकै कमाउनु भएको होला ?
    हाहाहा, यस्तै हो, पैसा कमाएँ भन्न काठमाडौँमा बंगला बनाएको छैन । कार चढेर हिँडेको छैन । बस काठमाडौँमा खान र बस्न पुगेको छ ।

    मेरो दिदीहरुको छोरा पनि पढाउने जिम्मा लिएको छु । उनीहरुलाई पढाउने, खाने, बस्ने अनि मेरो मेकअप र पहिरन गर्न पुगेकै छ ।

    प्रेम के हो ?
    हेर्नुस् न, प्रेम एउटा त्यस्तो चिज हो जुन सबलाई आवश्यक छ । मलाई तपाईंलाई अरु सबलाई तर मैले बुझेको कुरा के भने प्रेम सबै भन्दा पहिले आफूलाई गर्नु पर्छ ।

    सेक्स के हो ?
    सेक्स त सबैलाई आवश्यक कुरा हो ।

    सेक्सको अनुभव कुन उमेरमा गर्नु भयो ? अनि कोसँग ?
    यो त आइ एम म्यारिड बट आइ एम भर्जिन भनेजस्तो भयो । यो उमेरको छु । सेक्सको अनुभव त छ । तर मेरो जीवनमा मैले १६/१७ वर्षको उमेरमा सेक्स गरेको हुँ । कोसँग भनेर चाहिँ नभनौँ । हाहाहा (हाँसो) ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…