• छवि ओझा र शिल्पा पोखरेल काण्ड अहिले भाइरल छ। छविले कानको जाली फ्ट्ने गरी कुटेको भन्दै शिल्पाले प्रहरी परिसर, टेकुमा उजुरी दिएपछि उनीहरूको झगडा एक कान, दुई कान हुँदै मैदान भएको थियो। त्यसमाथि सहानुभूति बटुल्ने चक्करमा दुवैले युट्युबमा एकअर्कालाई आरोप लगाउन थालेपछि त दुवैको झगडा राष्ट्रिय चासोको विषय बन्यो।

    छविले शिल्पासँग लिखित माफी मागेपछि र शिल्पाले सम्बन्ध विच्छेदको मुद्दा हालेपछि चुपचाप बसेको भए न आज दुवैको यत्रो बेइज्जत हुन्थ्यो, न यति धेरै टेन्सन। तर, युट्युबमा छारो उडाएरै उनीहरूले एकअर्कालाई गलत साबित गर्ने प्रयास गरे। यसमा न छविले जिते, न शिल्पाले।

    तर, यही समयमा छविकी जेठी पत्नी हेमाले छवि र शिल्पा दुवैलाई प्रतिवादी बनाएर बहुविवाहको मुद्दा हालिदिएपछि छवि–शिल्पा झगडामा नयाँ ट्वीस्ट आएको छ। अदालतमा बहुविवाह प्रमाणित भए शिल्पाले डिभोर्स त परेको कुरा, उल्टै जेल बस्नुपर्नेछ वा १० देखि ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

    छवि फिल्ममा त दामी ट्वीस्ट लेराउन माहिर हुन्, तर जेठी श्रीमतीलाई ऐनमौकामा शिल्पासँगको झगडामा घुसाएर उनले वास्तविक जीवनमा पनि खतरै ट्वीस्ट ल्याएका छन्। हेर्नु छ, अदालतमा यो ट्वीस्ट हिट हुन्छ कि फ्लप?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…