• बाहुण्डाँगी । एरिया ‘ए’ का महासचिवहरुको तालिम झापाको चारआलीमा सुरु भएको छ । झापाका १४ ओटा शाखाको आयोजनामा भएको तालिमको उद्घाटन नेपाल जेसीजका महासचिव सिनेटर अभिषेक श्रेष्ठले गर्नु भएको थियो ।
    तालिममा यस क्षेत्रका २८ जना महासचिवहरुको सहभागिता रहेको छ । पहिलो दिन एमसी तालिम नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष कैलाश खाकी श्रेष्ठले दिनु भएको थियो भने दोस्रो दिन मायनुट लेखनका बारेमा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्द कट्टेलले दिनु हुनेछ ।
    आथित्यताका शाखा चारआली जेसीजका अध्यक्ष उत्तम पकुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व महासचिव नृत्यनन्द ताजपुरिया, नेपाल जेसीजका वर्तमान तालिम आयुक्त एकराज गिरी, पूर्व अध्यक्ष समाज झापाका अधयक्ष सिनेटर विनोद वस्नेत, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेललगायतले तालिम सफलताको शुभकामना दिनु भएको थियो । तालिम कार्यक्रमको संयोजक चारआली जेसीजका महासचिव सञ्जय निरौला र कार्यक्रम संयोजक विरता लेडीकी अध्यक्ष शुष्मा पौडेल रहुन भएको थियो ।
    गौरादह जेसीजकी महासचिव विनिता कटुवालले आस्थापाठ गर्नु भएको कार्यक्रमको सञ्चालन धुलावारी जेसीजका महासचिव डिल्लीराम भण्डारीले गर्नु भएको थियो । यसैगरी तालिममा सहभागि हुने महासचिवहरुलाई पर्यटकीय क्षेत्र कालिका सिमसार समेत घुमाइएको थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…