• काभ्रेको कोशिपारिका विक्रम गौतम पिता खडान्द गौतम र माता इन्द्र माया गौतमको तीन छोरामध्ये माईलो सन्तानको रुपमा जन्म भएको थियो । आफ्नो जिन्दगीको लामो उतार चढाव र संघर्ष गर्दै गायनको क्षेत्रमा काभ्रेली माटो सँगै आफूलाई राष्ट्रिय स्तर सम्म चिनाउँदै आएका गायक हुन् गौत्तम ।

    वाल्याकाल जीवन सम्झँदै गौत्तम भन्छन् । – कोशिपारिको चौरीदेउराली गाउपालिका माझीफेदा हाल वडा नम्बर ३ काफ्ले बाहुन टोलमा २०४९/९/९ गते जन्म भएको हो । मेरो पहिलो पाठसाल श्री किरणोदय आधारभुत विद्यालयमा कक्षा ७ सम्म पढे त्यस पछि मावि को लागि खाँडादेवि उच्च मावि कक्षा ८र९कक्षा १० श्री बुद्ध हिमालय बाट एस एल. सि पास गरेको हुँ । मलाई गायक र गीत बाल्यअवस्थाबाटै मन पथ्र्याे । त्यतिबेलै मेरो एउटा ठूलो सपना गायक बन्ने थियो । जुन अहिले पूरा भएको छ ।
    सामान्य परिवारमा जन्मेर होला सपना अलि ठुलो थिएन तर पनि जिन्दगी मा धेरै उताचढापहरू आए ,असहज भए पनि पढाइ लाई अगाडि बढाउने मन हुँदा हुँदै पनि अलि परिस्थिती सजिलो थिएन । गाउँ बाट एसएलसि सकेर शहर छिरेँ २०६८ मा कक्षा ११ मा काठमाडौं को हिमालय कलेज पढेँ तर मेरो महिना मा ५०० फि नभएर मैले २ महिना पछि कलेज छोडेँ । तर पनि हिम्मत हारिन फेरि गाउँमा खाँडादेवि उच्च मावि बाट १२ सकेँ । म जब वनेपा मा काभ्रे कलेजमा आएर मेरो स्नातक सुरू गरे अनि मेरो जिन्दगीमा केही खुसीको दिनको महसुस गर्न पाए तर मेरो अभाव भने कहिले हटेन विहान कलेज जान्थे दिउँसो फर्निचर मा सोफा बनाउने काम गर्न थालेँ । दिन मात्र एक छाक खाएर काम गरिरहेको हुन्थेँ । मेरा काहाली लाग्दो कहानी मेरा आमा बुबालाई पनि थाहा थिएन । किनभने एकदिन म संघर्षपछि सफल हुन्छु भन्नेमा ढुक्क थिए निरन्तर काममा लागिरहेँ । त्यसकै प्रतिफल हो अहिलेको मेरो सफलताको बाटो जस्तो लाग्छ ।

    म त्यो दिन कहिल्यै भुल्नेछैन । २०६९ तिर मेरो जिन्दगीमा काहाली लाग्दो दिन आयो । अचानक शरिरमा केही समस्या को करण ३५दिन हस्पिटल मा बसेँ म बाँच्छु भन्ने आश धेरैले मारिसकेका थिए । तर मैले मृत्युलाई जितेँ । कालसँग आफ्नो जीवन खोसेर भगवानले मलाई मेरो हातमा थमाईदिए त्यसकै उपज हो आजको दिन । यो घटना पछि कलेज पढ्ने समयमा मलाई गीत रेकर्डिङ गर्नु पर्छ भनेर विशाल वि.कले भेट्न काठमाडौं देखि बनेपा आउनु भएको थियोे । अनि मेरो आवाज सुन्नु भयो र रेकर्डिङ गरौँ भन्ने प्रस्ताव आयो तर समस्या अर्थिक को थियोे पैसा थिएन । मेरो उपचार मा लागेको ऋण थियोे तर पनि मैले सोचिरहेको थिए गाउँने मन त छ तर पैसा छैन भने तर मेरो परिवारलाई यो कुरा राखे परिवार ले मरेर बाँचेको छोरो जे भन्छौ तीम्रो ईच्छा पूरा गदिन्छौं भन्नू भयो र फेरि गाउँमा ऋण लिएर मलाई ३०००० हजार पठाउनु भयो पछि शाहुलाई आफ्नो घरको भैंसी बेचेर त्यो ऋण तिरेको थाहा पाएँ । अन्तिममा २०७० मा पहिलो जिन्दगी को पहिलो गित रेकर्डिङ गरे यो जति खुस,कहिले पनि थिएन ।

    मेरो सानै देखि गीत सँगितमा रूचि थियो । कसैको विहे पुजा जाहा जति टाढा भए पनि जात्रा तिर धेरै हिड्ने रमाइलो गर्ने गाउने र नाच्ने मेरो खुब शोख रहन्थ्यो । अनि जाहा पनि गएर मादल बजाउन, अलि अलि जानेको भएर गाउँमा अलि धेरै माग मैरो हुन्थ्यो सबै सँगै छिटो घुलमिल गर्ने मेरो विषेश राम्रो पक्ष हो भन्ने साथिहरू भन्छन् । मेरो विधालय यात्रा देखि नै कार्यक्रम चलाउने नाटकमा भाग लिने दोहोरि कार्यक्रम मा सहभागी हुने लगायत गर्ने गर्दै आएको थिएँ ।गीत संगित भनेको नसा जस्तो हो मलाई लागेको कुरा मलाई पनि यस्तो नसा लागे पछि कहिले पनि नेपाली लोक गित लाई कसैले अलि केही नराम्रो कुरा गरेको भनेको सुने भने सारै मन दुखित हुन्थे तब मलाई थाहा भयो यो एउटा नसा हो ।

    यिनै गायक गौत्तमको स्वरमा रहेको गीत मच्चाउनलाई धुम पछिल्लो समय निकै चर्चामा रहेको छ । आफ्नो जन्मभूमी विशेषलाई समेटेर तयार पारिएको गीतमा गायक बिक्रम गौतम र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतको भिडियो समेत सार्बजनिक भएको छ। नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक गौतम र राईको रामेछाप जिल्लाको बिभिन्न ठाउँहरूको नाम गीतमा समेटिएको छ।

    आफनी मायालुलाई राकाथुम घुम्न जानलाई आग्रह गरेको छ भने आफ्नो माँन्छेसँग राकाथुम घुम्न जानलाई हत्तारिएकी छिन गायिका मेलिना राई पनि। यस गीतको भिडियो रामेछाप जिल्लाको राकाथुम गाउँको आसपासमा छायाँकन गरिएको छ। टिकाराम श्रेष्ठ र बुद्धिमान मोक्तानको शब्द तथा बिष्णु तामाङको एरेन्जमा बिक्रम गौतमको आफ्नै संगीत रहेको छ।उक्त भिडियो गीत सागर गौत्तमको छायाँकन , पदम सुबेदीको सम्पादन तथा खमेश श्रेस्ठको निर्देशन भिडियोमा रहेको छ । यस गीतको भिडियोमा टिकाराम श्रेस्ठ, आयुषमा कार्की,दिल्माया श्रेस्ठ, शंकर श्रेस्ठ र भगवान खत्रीको अभिनय रहेको छ ।

    https://www.youtube.com/watch?v=M9LN_2ipENw

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…