• बाहुण्डाँगी । नेपाल जेसिजको क्षेत्र ‘घ’ को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । नेपाल जेसिजको आयोजना र अत्तरीया जेसिजको आतिथ्यतामा कैलालीको अत्तरीयामा हुन लागेको उक्त सम्मेलन आयोजनाका बारेमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी हालसम्म भएका तयारी र आगामी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी दिइएको छ ।
    सम्मेलन महासचिव भरत खड्काले असोज ३ र ४ गते हुने सम्मेलनमा नेपाल जेसिज अन्र्तगतका घ क्षेत्र भित्र पर्ने ४८ शाखाको सहभागीता रहने बताउनुभयो । सम्मेलनमा सुदुरपश्चिमको कला संस्कृतिको प्रस्तुती, व्यवसायिक ज्ञान सीपको आदान प्रदान, युवा सम्मेलन, युवा उत्प्रेरणा तथा व्यवसायिक सीप तालिम, भातृत्व विकास लगायतका कार्यक्रमहरु हुने आथित्यता शाखा अतरिया जेसीजका अध्यक्ष गणेश शाहले बताउनु भयो ।
    सुदुरपश्चिम प्रदेशको व्यवसायिक तथा पर्यटकीय स्थानको प्रबद्र्धनमा टेवा पुग्ने उद्देश्य सहित सम्मेलनको आयोजना गर्न लागिएको उहाले बताउनुभयो । सम्मेलनमा नारायणी वारीका ७ सय जनाको सहभागिता रहने छ । सम्मेलनको तयारी सुरु भएको आयोजकले जनाएको छ । सम्मेलन आयोजना गर्नका लागि ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
    सम्मेलन सम्पन्न गर्नका लागि शाखाका संस्थापक अध्यक्ष गिरीराज कठायतलाई निर्देशकमा रहनु भएको छ भने १२ वटा विभिन्न उपसमिति निर्माण गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…