• बाहुण्डाँगी । बस्तीपुर जेसीज हाँडीखोलाको आतिथ्यतामा यही भदौ ६ र ७ गते हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । त यसअघि क्षेत्र ‘ख’ अध्यक्षहरुको भेला र नोमलोम लिडर्स एकेडेमीको आतिथ्यता गरिसकेको बस्तीपुरले क्षेत्र ‘ख’ सम्मेलनलाई सभ्य र भव्य बनाउने गरी तयारी गरिरहेको छ ।
    सम्मेलनका लागि बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवाललाई सम्मेलन निर्देशक पदमा चयन गरिएको छ । उहाँले विभिन्न उपसमिति समेत गठन गरेर आवश्यक तयारीलाई तीव्रता दिनु भएको छ । ‘स्थापनाको छोटो समयमै हामीले नेपाल जेसीजका विभिन्न कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरिसकेका छौं’, क्षेत्र ‘ख’ सम्मेलन निर्देशक भेटवालले भन्नु भयो–‘हामीले यो कार्यक्रमलाई हाम्रो शाखाको प्रतिष्ठाको रुपमा लिएका छौँ । सोही अनुसार तयारी पनि भैरहेको छ ।’ संस्थापक अध्यक्ष भेटवाल मकवानपुरका सफल व्यवसायी, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थाको कुशल नेतृत्व गरिसक्नु भएको छ । शाखाको स्थापना समयदेखि नै निरन्तर जेसीज अभियानमा रहनु भएको संस्थापक अध्यक्ष भेटवालले मकवानपुर जिल्लाको गरिममा, प्रतिस्ठा र यहाँको पर्यटकीय क्षेत्रलाई सबै तिर पुर्याउने अवसर सम्मेलन रहेको बताउनु भयो। 
    सम्मेलनको बिषयमा मकवानपुरमा रहेका छिमेकी शाखा अध्यक्षहरुसंग समन्वयात्मक बैठक भएको छ भने प्रायोजक सहप्रायोजकको खोजी भैरहेको निर्देशक भेटवालले बताउनु भयो ।
    यस्तै प्रचारप्रसार र आर्थिक सहयोग खोज्ने कामलाई तीव्रता दिइएको बस्तीपुर जेसीजका बर्ष सन् २०१९ अध्यक्ष सुनिल अधिकारीले बताउनु भयो । ‘अबको ३ सातापछिसम्मेलन हुँदैछ । तयारीलाई सोही अनुसार अघि बढाएका छौं । यो सम्मेलनलाई आम मकवानपुरबासी र नेपाल जेसीजको क्षेत्र ‘ख’ कै साझा कार्यक्रम बनाउन लागिपरेका छौं’, अध्यक्ष अधिकारीले भन्नु भयोे, ‘सम्मेलनका लागि गठित समितिका संयोजक÷सह–संयोजकहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ ।’ नेपाल जेसीजको क्षेत्र ‘ख’ मा मकवानपुरमा रहेका ५ शाखासहित ३२ वटा शाखा रहेको छ । सम्मेलनमा नेपालभरका करिब ७ सय युवाहरुको उपस्थिती रहने शाखाका निवर्तमान अध्यक्ष राममणी बड्तौलाले बताउनुभ भयो । कार्यक्रमको लागि करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । करिब ५५ लाख खर्चको अनुमान गरिएको सम्मेलनमा सहभागि हुन आउने सबै सहभागिलाई एसि सहितको होटलमा राख्ने तयारी गरिएको छ । हेटौँडा बजारमा हुन लागेको सम्मेलनका लागि सबै तयारीलाई तीब्र रुपमा अघि बढाइएको छ । सम्मेलनका लागि जेसीजका छिमेकी शाखाका अध्यक्ष, एरिया अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थाहरुसँग छलफल तथा परामर्श गरिरहेको छ । यो सम्मेलन यस क्षेत्रको एतिहासिक सम्मेलनका रुपमा सफल बनाउने तयारी गरिएको शाखाका अध्यक्ष सुनिल अधिकारीले बताउनु भयो । 

    सम्मेलनमा सहभागि हुने एरिया अध्यक्षहरुका लागि व्यवस्थापन गरिएको होटल ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…