• बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेका महासचिवहरुको भेला शनिवार झापाको चारआलीमा सम्पन्न भएको छ ।
    झापाका १४ वटा शाखाको आयोजना तथा चारआली जेसीजको आतिथ्यतामा सम्पन्न भेलामा एरिया ए का ३० वटा शाखाका महासचिवहरुको सहभागिता रहेको थियो । भेलामा दुई दिने तालिम तथा विभिन्न क्षेत्रको अवलोकन समेत राखिएको थियो । सोही अवसर पारेर नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल र प्रकाश प्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । काम विशेषले प्रकाशप्रसाद अधिकारी सहभागि हुन सक्नु भएको थिएन ।
    भेलामा दोस्रो दिन माइनुट लेखनका विषयमा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेलले प्रशिक्षण गराउनु भएको थियो ।
    भेला चारआली घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । २०२० को महासचिव भेला उदयपुर जेसीजले आयोजना गर्ने भएको छ ।
    आतिथ्यता शाखा चारआली जेसीजका अध्यक्ष उत्तम पकुवालको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, पूर्व अध्यक्ष सिनेटर अनिल भेटवाल, पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष सिनेटर विनोद बस्नेत, प्रशिक्षक गोविन्दराज कट्टेल, बाहुण्डाँगी जेसीजका महासचिव देबु बानियाँ, भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेललगायतले बोल्नु भएको थियो । कार्यक्रम संयोजक रिजु कार्कीले स्वागत गरेको कार्यक्रममा आस्था पाठ मेचीनगर लेडी जेसीजकी महासचिव गीता ओझाले गर्नु भएको थियो । मुल संयोजक सञ्जय निरौलाले धन्यवाद ज्ञापन गर्नु भयो भने कार्यक्रमको सञ्चालन विरता जेसीजका महासचिव कुशल खतिवडाले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…