• बाहुण्डाँगी । नारायणढ जेसीजको आयोजनामा शनिवार मल्टिच्याप्टर तालिम सम्पन्न भएको छ । यस क्षेत्रका १२ वटा शाखाको सहभागितामा संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको प्रशिक्षकका रुपमा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर राजविमल श्रेष्ठ रहुन भएको थियो । तालिममा ६३ जनाको सहभागिता रहेको थियो ।
    तालिममा नारायणगढ जेसीज नारायणगढ लेडी जेसीज, सौराह जेसीज, सौराह लेडी जेसीज, रत्नगनर जेसीज, सारदानगर जेसीज, गीतानगर जेसीज, बीसहजार जेसीज, पर्सा खैरेनी जेसीज, गैढाकोट जेसीज, रजहर जेसीज, नवलपुर जेसीजको सहभागिता रहेको थियो ।
    एरिया बि का निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर कलम भण्डारीको प्रमुख आतिथ्यता तथा आयोजक शाखा नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष तथा शाखाका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी, नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्की, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषाल, सौराह लेडीकी अध्यक्ष लक्ष्मी विडारी, रत्नगनर जेसीजका अध्यक्ष सुभाष पोखरेल, सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे,, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, बीसहजार जेसीजका सन्तोष माजाकोटी, पर्सा खैरेनी जेसीजका अध्यक्ष शंकर कडेँल, गैढाकोट जेसीजका अध्यक्ष भानु रिमाल, रजहर जेसीजका अध्यक्ष सन्तोष थापा, नवलपुर जेसीजकी अध्यक्ष राधा उपाध्यक्षको सहभागिता रहेको थियो । नारायणगढ जेसीजका तालिम आयुक्त अनुज जोशीको स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव अमृतकुमार श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…