धनगढी । रोट्रयाक क्लब धनगढीको अध्यक्षमा जयप्रकाश भट्टा निर्बिरोध निर्वाचित हुनु भएको छ । शुक्रवार सम्पन्न पाँचौँ पदस्थापनबाट २०१९÷२० का लागि भट्टलाई अध्यक्षमा चयन गरिएको हो । क्लबको निवर्तमान अध्यक्षमा यज्ञराज जोशी, उपाध्यक्षहरुमा जीवन रेग्मी, सुनिल पाठक, चक्र विश्वकर्मा, सचिवमा अनिल पाण्डे, सहसचिवमा सन्तोष पन्त, कोषाध्यषमा सदिक्षा कलौनी, सहकोषाध्यक्षमा देवराज अवस्थी, निर्देशकमा आकाक्षा विष्ट चयन भएका छन् । रोट्रयाक क्लब धनगढीका अध्यक्ष हरि शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन जय प्रकाश भट्टले गर्नु भएको थियो ।