• झापा । गत बर्ष देखि हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन बिधालय मा किशोर किशोरी को क्षमता एक किसिमले मात्र अभिवृद्धि नगरी विभिन्न रचनात्मक कार्यक्रम को आयोजना गरि , किशोर किशोरी लाई नै नेतृत्व दिएर नेतृत्व क्षमता अब्बल बनाई र फोर्म मार्फत टिमवोर्क गरि काम गर्ने अभ्यास भइ रहेकोछ ।

    रचनात्मक ,नेतृत्वदायी , हर सकारात्मक क्षेत्रमा मा किशोर किशोरी को उपस्थिति ,टिमवोर्क ,सचेतना मुलक कार्य , आउने पिडि लाई जिम्मेवार बनाउने, किशोर किशोरी लाई नकारात्मक बाटो मा हिड्न न दिएर सकारात्मक बाटो मा हिड्न प्ररित गर्न ,जस्ता कार्य गर्न गठन गरेको यो फोर्मको यस बर्षको नेतृत्व एक कार्यक्रम गारी हल्दिबारी गाउँपालिका ३ का जुझारु सामाजिक व्यक्ति अबिशेक खतिवडा अबिलाई जिम्मा दिएको छ ।

    तेस्तै उपाध्यक्ष मा जिज्ञासा तिमिल्सिना ,सचीव मा धनबहादुर कार्की ,सहसचिव मा दिक्षा प्रधान ,कोषाध्यक्षमा प्रमिला आचार्य र सदस्यहरु मा अस्मिता खतिवडा ,सागर खेवा,अनु सुवेदी ,दिपेश तिम्सिना ,कुन्दन राजबशी ,सुस्मिता बन र बिजय पण्डित रहेका छन। फोर्म लाई बिधालय ले जस्तो किसिमको नि सकारात्मक कार्यको लागि सहयोग गर्ने र यो फोर्म ले धेरै राम्रो काम गर्ने बिस्वास राखेको बिधालय का प्राचार्य दुर्गा मणि गौतमले निर्मित कार्यसमिति लाई बिधालयको तर्फबाट मैखिक रुपमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

    क्रेटिभ फोर्म सगै खतिवडा ले बाल क्लब ,युबा सस्था ,जलथल समुदाय प्रहरी साझेदारी ,युबा तथा खेलकुद बिकास समिती हल्दिबारी ३,सरसफाइ अभियान र अन्य धेरै संघ सस्था मा रहेर काम गरिसक्नु भएको कार्यक्रम संचालक शिक्षक गणेश सुवेदी ले बताउनु भो। आउदो पिडिले सकारात्मक कार्य गर्दै सबै भएर सरसल्लाह ,सहकार्य का साथ अगाडि बढे समाज परिवर्तन मा केही टेवा पुग्ने निर्मित समिति का अध्यक्ष खतिवडा ले बताउनु भो।समिती पुर्णगठन गर्न शिक्षक परासर दाहाल ले विशेष भुमिका खेल्नु भएको थियो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…