• काठमाडौं । नेपाल पत्रकार महासंघले शिक्षा क्षेत्रका ३५ पुरस्कार घोषणा गरेको छ । महासंघले प्रदान गर्ने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ यसपटक नागरिक दैनिकमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ ।

    नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने ५१ हजार रुपैयाँ राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको महासंघका महासचिब रमेश विष्टले जानकारी दिए ।

    यसैगरी सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट १/१ जनालाई प्रदान गरिने २० हजार रुपैयाँ राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ समेत घोषणा गरीएको छ ।

    प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ पाउनेहरुमा प्रदेश नम्बर १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं) रहेका छन् ।

    यसैगरी सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २/२ जनालाई प्रदान गरिने १५ हजार रुपैयाँ राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट नागरिक दैनिकका रोहित राई (सुनसरी) र मकालु टेलिभिजनकी सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही) रहेका छन् ।

    यसैगरी प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

    संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुड), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको महासंघले जनाएको छ ।

    संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार साउन यहि १४ गते हस्तान्तरण गरिने छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…