• नेपाली काङग्रेसका ९ जना केन्द्रीय नेताहरु एकैपटक पथरी आउने भएका छन् । जि.पि कोइराला अध्ययन केन्द्रको आयोजनामा हुने विचार गोष्ठी कार्यक्रममा सहभागी हुन मा.डा. शशांक कोइराला लगायत अन्य ८ जना नेताहरु पथरी आउने भएका हृुन् । जि.पि कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा हुने सो कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री मा.डा.शशंक कोइरालाको प्रमुख आतिथ्यता रहने भएको छ ।

    साउन २० गते पथरीको सिन भिलेज पार्टी प्यालेसमा हुने सो कार्यक्रममा कोइरालाका साथै नेपाली काङग्रेसका केन्द्रिय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, मा.गगनकुमार थापा, मा. बन्द्री पाण्डे, जिवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, ने.वि.संघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले र नेपाली काङग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले मन्तब्य राख्नेछन् । ‘गिरिजाबाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ विषयक शिर्षकमा हुने विचार गोष्ठि कार्यक्रममा बक्तहरुले गिरिजाबाबुको योगदानको बारेमा चर्चा परिचर्चा गर्नेछन । पथरीशनिश्चरे नगरपालिकामा पार्टीका केन्द्रिय नेताहरु एकैपटक यति ठुलो सङख्यामा उपस्थित हुने यो पहिलो पटक भएको जि.पि कोइराला अध्ययन केन्द्रका जिल्ला अध्यक्ष सुविन पराजुलिले बताए । कार्यक्रममा जिल्लाभरिका करिव २ हजार नेता कार्यकर्ताहरुको उपस्थिति हुने अनुमान गरिएको पराजुलिले जानकारी दिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …