• बाहुण्डाँगी । पोखरा जेसीजकोआयोजनामा एक दिने प्रभावकारी भाषणकला तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । पोखराको ट्रेडमल स्थित इन्द्रेनी क्याफे एण्ड ब्याङक्वेटको सभाहलमा तालिम सम्पन्न गरेको हो । उक्त तालिममा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । जेसीआई पोखरा वर्ष २०१९ का अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा आस्था पाठको अगुवाई व्यक्तिगत विकास क्षेत्रका निर्देशक जेसी सुर्य बहादुर केसी, स्वागत मन्तव्य व्यक्तिगत विकास क्षेत्रका उपाध्यक्ष जेसी शंकर कँडेलले र कार्यक्रम सञ्चालन महासचिव जेसी शक्ति वरुवालले गर्नुभएको थियो । जेसी विनु श्रेष्ठले संयोजन गरेको उक्त कार्यक्रममा जेसीआई पोखरा लेडिकी अध्यक्ष जेसी सपना गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जेसीआई पोखराका पदाधिकारी, साधारण सदस्य र अस्थाई सदस्यहरुको सहभागीता रहेको थियो । तालिमको अन्त्यमा सहभागीको तर्फ बाट जेसी श्रीकृष्ण सुनार र अस्थाई सदस्य नारायण बास्तोलाले तालिम अत्यन्त फलदायी भएको कुरा बताउनुभयो भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसी विनु श्रेष्ठले राख्नुभयो । जेसीआई पोखराले आफ्ना सदस्यहरुको क्षमताको विकासको लागि प्रभावकारी तालिमहरुको आयोजना गर्ने क्रममा शनिवार एक दिने तालिमको आयोजना गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…