• बाहुण्डाँगी । साँखु जेसीजको जारी यस वर्षको जेसीज सप्ताह अन्तर्गत शनिवार वृक्षारोपण र क्लोरिनेशन कार्यक्रम सम्पन्न गरिएको छ । क्लोरिनेशन कार्यक्रम सफलताका साथ सम्पन्न भयको छ। साँखु जेसीजले वातावरण नै हाम्रो जीवनको रक्षा गर्ने औषधि भएकोले वातावरण स्वछताका लागि बृक्षारोपण अपरिहार्य रहेको बताउंदै बर्स २०१९ को जेसिज सप्ताहा अन्तर्गत बृक्षारोपण कार्यक्रम अघि सारेको सांखु जेसिजका अध्यक्ष जेसि रामेश्वर ढकालले बताउनु भयो । शंखरापुर न.पा वडा नं ७ स्थित बज्रयोगिनि जाने बाटो को दायाँ र बायाँ कोलागालामा बिहान ८ बजे शंखरापुर न.पा ,वडा नं ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठलाई सांखु जेसीजका अध्यक्ष जेसि रामेश्वर ढकालले सिरिसको बिरुवा हस्तान्तरण गरि बृक्षारोपण सुरु गरियको थियो । उक्त कार्यक्रमका संयोजक दुर्गा देबि श्रेष्ठ हुनुहुन्थ्यो भने मुल संयोजक जेसि गणेश दुलाल हुनुहुन्थ्यो ।कार्यक्रममा मा सांखु जेसिजका पुर्ब अध्यक्ष ज्यु हरु, सांखु जेसिज का सदस्य ज्यु हरु लागायत विभिन्न ब्यक्तित्व हरु गरि ७५ जना को सहभागि रहेको थियो।सोही दिन सांझ ३ बजे सांखुमा रहेका पौराणिक इनार एंव पानी का मुहान हरुका सफाइ तथा क्लोरिनेशन गरियको थियो । सफा पानी नै अमृत बराबर हो भनेर बर्स मा एक पटक सांखु जेसिज को सप्ताहा कार्यक्रममा सो कार्यक्रम गरिने जानकारि सांखु जेसिज का अध्यक्ष ढकालले बताउनु भयो।उक्त कार्यक्रम का संयोजक जेसि रोनन सिं हुनुहुन्थ्यो भने उक्त कार्यक्रम मा सांखु जेसिजका पुर्ब अध्यक्ष ज्यु हरु लगायत सदस्य ज्यु हरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…