• बाहुण्डाँगी । सिद्धार्थ जेसीजको २३ औँ स्थापना दिवस आइतवार मनाइएको छ । सिद्धार्थ बाल गृहमा रहेका बालबालिकाहरुलाई भोजन गराउँदै शाखाले २३ औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारीले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारीले मानवताको सेवामा रहेको जेसीजले समाजमा रहेका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । उहाँले सिद्धार्थ लेडी जेसीज स्थापना समयदेखि समाज निर्माणमा सकरात्मक सोचका साथ काम गरिरहेको र मानविय सेवामा सधै अग्रसर रहेको बताउनु भयो । प्रमुख अतिथि भण्डारीले आगामी दिनमा समेत सिद्धार्थ लेडीलाई सामाजिक रुपान्तरणमा काम गर्न आग्रह गर्नु भयो ।
    शाखाकी वर्ष २०१९ की अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष सिनेटर इनु थापा, सिद्धार्थ जेसीजका अध्यक्ष सिनेटर राकेश गुरुङ, सिद्धार्थ लेडी जेसीजकी निवर्तमान अध्यक्ष विन्दु काफ्ले, शाखाका पूर्व अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो । स्थापना दिवसको अवसर पारेर केक समेत काटिएको थियो । कार्यक्रमको सञ्चालन अनुपा पाण्डेले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…