• बाहुण्डाँगी । नेपाल जेसीजले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘टट ट्रेनिङ’ यो वर्ष नारायणगढमा हुने भएको छ ।
    ‘ट्रेनिङ अफ ट्रेनर’ अर्थात प्रशिक्षक उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिने यो तालिम नारायणगढ जेसीजको आतिथ्यतामा हुनेछ ।
    ४ दिन सम्म सञ्चालन हुने तालिमका लागि नेपाल जेसीजका ट्रेनर सिनेटर राजाबाबु शाह प्रमुख प्रशिक्षकका रुपमा रहनु हुनेछ । सहायक प्रशिक्षकको रुपमा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा र भलबाडी जेसीजका पूर्व अध्यक्ष मुक्तिनाथ गैरे रहनुभएको छ ।
    तालिमका लागि नारायणगढ जेसीजले सबै तयारी पुरा गरेको छ । होटल प्रेसिडेनसी दासढुङ्गामा सञ्चालन हुने तालिमका लागि यहि १९ गतेसम्म रजिष्टेशन गरिसक्नु पर्ने शाखा अध्यक्ष विकासमान श्रेष्ठले बताउनु भयो । यो वर्ष ५० जनाको निश्चित कोटामा मात्र सञ्चालन हुने तालिमका लागि अहिलेसम्म करिब ३० जनाको रजिष्टेशन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । तालिम लिनका लागि ८७५० रुपैया रजिटेशन शुल्क लाग्नेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…