• बाहुण्डाँगी । नेपाल जेसीजको एरिया ए को क्षेत्रीय सम्मेलन झापाको भद्रपुरमा भदौ २० र २१ गते हुदैँछ ।
    नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि आतिथ्यता शाखा भद्रपुर जेसीजले तयारीलाई तिब्रता दिइएको छ ।
    भद्रपुरको सिटी गाड्रेनमा हुने सम्मेलनका लागि भद्रपुर जेसीजका पूर्व अध्यक्ष बसन्त पोखरेललाई निर्देशकमा चयन गरिएको छ । भद्रपुर जेसीज वर्ष २००३ का शाखा अध्यक्ष पोखरेल निरन्तर जेसीज अभियानमा सक्रिय हुनुहुन्छ । सम्मेलनका लागि पूर्व अध्यक्ष पोखरेललाई भद्रपुर जेसीजको सिफारिसमा नेपाल जेसीजले निर्देशकमा मनोनयन गरेको हो । सम्मेलन महासचिवमा शाखाका निवर्तमान अध्यक्ष सोम ढुङ्गेललाई चयन गरिएको छ ।
    सम्मेलनका लागि पोखरेलको कमाण्डमा ११ सदस्यीय स्टेरिङ समिति रहेको छ भने विभिन्न ९ वटा उपसमिति समिति गठन गरिएको शाखाका वर्तमान अध्यक्ष अनुज खतिवडाले बताउनु भयो । अध्यक्ष अतिवडाका अनुसार आर्थिक समितिको संयोजक लोकनाथ भट्टराई, स्मारिका संयोजक हरि पोखरेल, खाद्यय संयोजक किरण शर्मा, आवास संयोजक निरज पोखरेल, कार्यक्रम संयोजक जय तिम्सिना, अतिथि सत्कार संयोजक गणेश पोखरेल, पिचपार्स संयोजक रमेश पोखरेल, हल व्यवस्थापन संयोजक प्रकाश भण्डारी, सम्मेलन कोषाध्यक्ष विगम श्रेष्ठ र प्रचारप्रसार संयोजक अभिशेक ढुङ्गाना रहनु भएको छ । संयोजकमा रहनु भएका सबै शाखाका पूर्व अध्यक्षहरु हुनुहुन्छ ्र । आतिथ्यता शाखा भद्रपुरले रजिष्ट्रेशनका लागि मंगलवार माछापुच्छ्रै बैंक चन्द्रगढीमा खाता खोलिएको शाखाका महासचिव डिल्लीराम पोखरेलले बताउनु भयो । बुधवारबाट आधिकारी रुपमा प्रि रजिष्ट्रेशन खुल्ला रहनेछ ।
    सम्मेलनमा सहभागि हुनका लागि आवासरहित नगद २५ सय बुझाउनु पर्ने महासचिव पोखरेलले बताउनु भयो । सम्मेलनलाई उत्कृष्ट र नमुना सम्मेलन बनाउनका लागि विभिन्न कामहरुलाई तिब्र रुपमा अघि बढाइएको सम्मेलन निर्देशक बसन्त पोखरेलले बताउनु भयो । उहाँले दुई दिनको सम्मेलन यो वर्ष भद्रपुर जेसीजले फरक र ऐतिहासिक बनाउने समेत बताउनु भयो । निर्देशक पोखरेलले गत वर्ष सुरुङ्गा सम्मेलनमा भनिएका सबै कुराहरुलाई यथोचित लागु गर्ने समेत बताउनु भयो । सम्मेलनमा सहभागि हुन एरिया ए का २९ वटा शाखाका करिब ८ सय जेसीजकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनका लागि आर्थिक पाटो महत्वपूर्ण रहेकाले विभिन्न क्षेत्रमा आर्थिक संकलन गर्ने काम समेत धमाधम भएको सम्मेलन कोषाध्यक्ष विगम श्रेष्ठले बताउनु भयो । एरिया ए. का लागि निरुपित कार्यकारीणी उपाध्यक्षमा सिनेटर रविन पोखरेल, निरुपित उपाध्यक्षमा सिनेटर इनु थापा, निरुपित उपाध्यक्ष लालमणी भण्डारी र निरुपित उपाध्यक्ष समुन कृष्ण श्रेष्ठ रहनु भएको छ । 
    सम्मेलनको पूर्व तयारीका लागि एरिया ए का निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल र निरुपित उपाध्यक्ष सिनेटर इनु थापाले सम्मेलन स्थलको स्थलगत अनुगमन समेत गरिसक्नु भएको छ । यसैगरी, नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष अशोक शंकरले समेत सम्मेलन आतिथ्यता शाखाका पदाधिकारीहरुसँग सम्मेलनका विषयमा मंगलवार छलफल गर्नु भएको छ । गत वर्ष एरिया डि सम्मेलन उत्कृष्ट रुपमा सफल गर्नु भएका शंकरले आफुले गरेका अनुभवहरुलाई यो वर्ष सँगै रहेर काम गर्ने समेत बताउनु भयो । गत वर्ष एरिया ए सम्मेलन उत्कृष्ट भएर आथित्यता शाखा सुरुङ्गा जेसीज नेपाल जेसीजबाट सम्मानित भएको थियो । यो वर्ष त्यो साख बचाउँने भद्रपुर जेसीजलाई चुनौती समेत छ । यसैले पनि सम्मेलन सफल बनाउन अहोरात्र लागि परेको छ ।

















सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…