• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनका लागि एरिया ‘बि’ का शाखाहरुले प्रि–रजिष्ट्रेशन धमाधम गरिरहेका छन् ।
    बस्तीपुर जेसीज हेटौँडाको आतिथ्यतामा यही भदौ ६ र ७ गते हुन लागेको सम्मेलन नजिकिँदै जादा रजिष्ट्रेशन समेत भइरहेको छ । पहिले नै रजिष्ट्रेशन गरेमा आतिथ्यता शाखालाई व्यवस्थापन गर्न सहज हुने र सहभागिलाई समेत बस्नमा कुनै समस्या नहुने हुनाले नेपाल जेसीजले केही वर्ष यता प्रि रजिष्ट्रेशनलाई प्राथमिकता दिएको छ । करिब ७ सय सहभागि हुने यस सम्मेलनका लागि रत्ननगर जेसीज, व्यासनगर जेसीज, गितानगर जेसीज, पर्वत जेसीज, सारदानगर जेसीजले रजिष्ट्रेशन गरिसकेका आतिथ्यता शाखाका अध्यक्ष सुनिल अधिकारीले बताउनु भयो । रजिष्ट्रेशन १० दिन अघिबाट खुल्ला गरिएको थियो ।
    अध्यक्ष अधिकारीले सम्मेलनमा होटल व्यवस्थापन मुख्य समस्या हुने भएकाले पहिले नै रजिष्ट्रेशन भएमा सबैलाई सहज रुपमा बस्ने व्यवस्थापन गर्न सकिने र सम्मेलन व्यवस्थापनमा पनि सहज हुने भएकाले प्रि रजिष्ट्रेशन गर्नका लागि यस क्षेत्रका शाखाहरुलाई आग्रह गर्नु भयो । ‘यो सम्मेलन एरिया बि का सबै शाखाहरुको हो’ अध्यक्ष अधिकारीले भन्नु भयो –‘यसलाई तपाई हामीले नै सहज बनाउँदै उत्कृष्ट सम्मेलन बनाउनु पर्छ ।’

    यसअघि क्षेत्र ‘ख’ अध्यक्षहरुको भेला र नोमलोम लिडर्स एकेडेमीको आतिथ्यता गरिसकेको बस्तीपुरले क्षेत्र ‘ख’ सम्मेलनलाई सभ्य र भव्य बनाउने गरी तयारी गरिरहेको छ । सम्मेलनका निर्देशक गणेशप्रसाद भेटवालले सम्मेलन सफल बनाउनका लागि यस क्षेत्रका हरेक सामाजिक संघ संस्थाहरुको सहकार्य गर्दै अघि बढिरहेको बताउनु भयो । उहाँले यो सम्मेलने सिङ्गो मकवानपुर जिल्लाको अस्तित्व रहेकाले यसलाई सफल बनाउन यस क्षेत्रका व्यवसायी, सामाजिक संघसंस्था तथा हेटौँडा उपमहानगरपालिका समेत लागि परेको बताउनु भयो ।
    निर्देशक भेटवालले सम्मेलनका लागि मुख्य आवश्यकता भनेको आर्थिक स्रोत नै भएकाले यसलाई बढि प्राथमिकतामा राखेर काम गर्दै गरेको र अन्य विभिन्न उपसमितिमा रहेका साथीहरुले आ आफ्नो क्षेत्रमा उत्तिकै काम भइरहेको बताउनु भयो ।
    नेपाल जेसीजको क्षेत्र ‘ख’ मा मकवानपुरमा रहेका ५ शाखासहित ३२ वटा शाखा रहेको छ । सम्मेलनमा नेपालभरका करिब ७ सय युवाहरुको उपस्थिती रहने शाखाका निवर्तमान अध्यक्ष राममणी बड्तौलाले बताउनुभ भयो ।

    करिब ५५ लाख खर्चको अनुमान गरिएको सम्मेलनमा सहभागि हुन आउने सबै सहभागिलाई एसि सहितको होटलमा राख्ने तयारी गरिएको छ । हेटौँडा बजारमा हुन लागेको सम्मेलनका लागि सबै तयारीलाई तीब्र रुपमा अघि बढाइएको छ ।
    यस क्षेत्रका लागि निरुपित कार्यकारीणी उपाध्यक्षमा रमेशचन्द्र भुषाल र निरुपित उपाध्यक्ष कृष्णप्रसाद अर्याल (केपी) ले स्थलगत अनुगमन गरिसक्नु भएको छ । एरिया विका लागि सिनेटर कमल भण्डारी र गोकुल सापकोटा निरुपित उपाध्यक्ष हुनुहुन्छ । उहाँहरु पनि चाँडै यस क्षेत्रमा आउने कायक्रम रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…