• बाहुण्डाँगी । वीरता लेडी जेसीजको आयोजनामा विर्तामोडमा आजदेखि जेसीज सप्ताह सुरु भएको छ ।
    जेसीज सप्ताहको पहिलो दिन बुधवार युवाहरुका लागि मोटिवेसन सम्बन्धी तालिम प्रदान सम्पन्न गरिएको कार्यक्रम संयोजक हिमा पौडेलले जानकारी दिनुभयो ।
    शिक्षा सेवी विन्दु श्रेष्ठको प्रमुख आतिथ्यता तथा बीरता लेडी जेसीजकी अध्यक्ष सरु भूर्तेल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, जेसीजका तालिम को–अर्डिनेटर एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    अन्तराष्ट्रिय मोटिभेसनल ट्रेनर बुना दाहालले प्रशिक्षण दिएको तालिममा विभिन्न संघ–संस्थामा आवद्ध प्रतिनिधि तथा युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    वीरता जेडी जेसीजकी महासचिव शुष्मा भण्डारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन लीला दंगालले र वर्ष २०१९ मा मूल तालिम संयोजक नम्रता रिजाल ढकालले स्वागत गर्नुभएको थियो ।





सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…