• विराटनगर । इडनवर्ग इन्टनेशल कलेज विराटनगरले कलेजमा प्राध्यापन गराईरहनु भएका प्राध्यापकलाई शैक्षिक भ्रमणका लागि भारतको कलकत्ता लगेको छ । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा त्यहाँ स्थित प्राध्यापक तथा विद्यार्थीहरु संग छलफल गरेका छन् । इडनवर्ग इन्टनेशल कलेजले हरेक बर्ष विद्यार्थीहरुलाई भारतको गोवा, मुम्वई लगायत विभिन्न ठाँउमा शैक्षिक भ्रमणमा लाने गरेको छ । यस पटक पनि विद्यार्थीहरुको शैक्षिक भ्रमण सके लगत्तै २३ जनाको शिक्षकहरुको टोलीलाई कलकत्ता भ्रमणमा लगेको हो ।

    कलकत्ता स्थित वी।वी।ए।, बि।पी।एच। र एम।एड। शैक्षिक कार्यक्रम अध्ययन गराउने शिक्षण संस्थाको अवलोकनमा ती संस्थाले प्रदान गर्ने शिक्षा, शिक्षण विधि र समग्र प्राज्ञिक स्थितीका बारेमा भ्रमणमा जानुभएका प्राध्यापकहरुले चासो पूर्वक अवलोकन तथा छलफल गर्नु भयो ।

    ‘विराटनगरमा रहेर गुणस्तरिया शिक्षाका लागि अहोरात्र लागि परिरहेको इडनवर्ग इन्टनेशल कलेजले अझ शसक्त रुपमा विद्यार्थीलाई कसरी व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच विचारका साथ प्राध्यापकहरुको भारत भ्रमण आयोजना गरेको क्याम्पस प्रमुख मेघानन्द झाले बताउनु भयो ।’ उहाँले भन्नु भयो, ‘यस्तो भ्रमण वेलाबेलामा भए शिक्षकको क्षमता र दक्षता बढछ जसले यहाँ हाम्रा विद्यार्थीहरु लावान्वित हुन्छन् ।’

    ‘विराटनगरमा नै पहिलो पटक प्राध्यापकलाई मात्र भारत भ्रमणमा इडनवर्ग इन्टनेशल कलेजले लगेको हो ।’ कलेज संचालन कैलाश श्रेष्ठले बताउनु भयो । उहाँ भन्नु हुन्छ, ‘यतो भ्रमणले प्राध्यापकमा शैक्षणिक कार्यका लागि मोटिभेसन गर्छ र शिक्षण सिकाईका लागि वातावरण समेत बनाउने गर्छ ।’ उहाँ पुनः भन्नु हुन्छ अव हरेक बर्ष हामी विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई अहिले जसरी नै विभिन्न अन्तराष्ट्रिय भ्रमणमा लाने योजना छ ।

    भ्रमणबाट फर्के पछि एक सहभागी प्राध्यापकले बताए, ‘भ्रमण फलदायी, उपलब्धी मूलक हुनका साथै कलकत्ताको शैक्षिक क्षेत्रको विकास, प्रगती र उन्नती हेर्नै अवसर पाईयो र आफू प्राध्यापनरत कलेजमा त्यहाबाट सिकेका कुराहरु कार्यात्वयन गर्नेछौ ।’

    भ्रमण टोलीको सम्पूर्ण संयोजन तथा व्यवस्थापन कलेज निर्देशक राजेश यादवले गर्नु भयो भने अर्का संचालक दिपक साहले टोलीलाई मार्गदर्शन गराउनु भयो । भ्रमण टोलीले कलकत्ताको केही पर्यटकिय र ऐतिहासिक महत्वका क्षेत्रहरुको समेत अबलोकन तथा भ्रमण गरी नेपाल फर्किएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…