• बाहुण्डाँगी । नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै गर्दा त्यस अभियानलाई सफल पार्ने उदेश्यका साथ धुलावारी जेसीजले १ नम्बर प्रदेशमा नै पहिलो पटक बोट रेस प्रतियोगिता आयोजना गर्दैछ । साउन १८ गते शनिबारका दिन मेचीनगर ११ स्थित कालिका सिमसार क्षेत्रमा बोट रेस प्रतियोगिता आयोजना गरिएको धुलाबारी जेसीजका अध्यक्ष केशब पोखरेलले जानकारी दिनु भयो ।

    प्रयोगिताका बारेमा जानकारीका लागि बिहिवार आयोजित पत्रकार सम्मेलन धुलाबारी जेसीजका अध्यक्ष पोखरेलले झापाका १४ वटा जेसीज शाखाको सहभागिमा बोट रेस प्रतियोगिता आयोजना हुने बताउनु भयो । मेचीनगर क्षेत्रका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसारका लागि यो बोट रेस प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिताका लागि प्रत्येक जेसिज शाखाबाट ४ जनाले बोट चलाउने छन र समान दुरी पुरा गर्न उनीहरुले खर्चेको समयका आधारमा बिजेता छनौट गरिने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजिब प्रसाईले बताउनु भयो ।
    प्रतियोगिताका पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार र प्रमाण पत्र बितरण गरिने छ । पत्रकार सम्मेलनमा शाखाका कोषाध्यक्ष सागर खनाल र वर्ष २०१८ का महासचिव रोशन रिजालको समेत सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…