• बाहुण्डाँगी । नेपाल जेसीज अन्तर्गत रहेको जुनियर जेसीजको आठौँ राष्ट्रिय एकाडेमी केही साता अघि झापाको धुलावारीमा हुने तय भएको थियो । तर, एकाडेमीमा सहभागि हुन आउने जुनियर जेसीजहरुका लागि आवासको समस्या भएपछि अन्तत धुलावारीबाट चितवनको रत्ननगर पुगेको छ । आउँदो साउन ३१ र ३२ गतेका लागि मिति तय गरेर धुलावारी जेसीजले तयारी सुरु गर्दै गर्दा आवासमा धुलावारी क्षेत्रमा अभाव देखिएपछि नेपाल जेसीजले एकाडेमी हुन नसक्ने जनाउँदै स्थान परिवर्तन गरेको हो । धुलावारीको टाउन हलमा एकाडेमीको तालिम सञ्चालन भए पनि यसको पेरीफेरीमा व्यवस्थित आभास नहुँदा धुलावारीमा एकाडेमी हुन सकेन । तर मिति भने उही रहनेछ ।
    रत्ननगर जुनियर जेसीजको आयोजना तथा रत्नगर जेसीजको संरक्षकमा हुने एकाडेमीको तयारी धमाधम भइरहेको रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेलले बताउनु भयो । एकाडेमीमा देशभरका ३० वटा शाखा र २ वटा प्रस्तावित गरी १ सय ५० जना जुनियर जेसीज युवाहरुको सहभागिता रहनेछ ।
    दुई दिन सम्म हुने सो राष्ट्रिय कार्यक्रममा विभिन्न शेशनमा तालिम र एसेम्ली हुनछन् ।
    स्मरण रहोस रत्ननगर जेसीजले यो वर्षको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको आतिथ्यता समेत गर्दैछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…