• साउन १७ , पथरी ।
    राष्ट्रिय परिक्षा बोर्डद्धारा संचालित व्यावस्थापन संकाय २०७६ तर्फको परिक्षामा पथरीको रेडस्टार अङग्रेजी बोर्डिङ स्कुलले नगरमा नै उत्कृष्ठ अङक ल्याउने विद्यालयय वनेको छ ।
    बैशाखमा सञ्चालित कक्षा १२ को व्यवस्थापन संकायको नतिजामा विद्यालयकी छात्रा विनिता धिमालले ३.७० जिपिए ल्याउदै उनि नगरभरीकै उच्च अंक ल्याउने विद्यार्थी वनेकी छिन । भने अन्य ८ जना विद्यायार्थीले ३.०० भन्दा माथीको नतिजा ल्याएका छन् ।
    यस वर्षको कक्षा १२ को व्यवस्थापन संकायमा १ सय ३३ जना विद्यार्थी सामेल भएका मध्ये १ सय २९ जना विद्यार्थीले परिक्षा पास गरेका थिए ।
    नगरमा रहेको कक्षा १२ सम्मको अध्ययन गराउने ५ वटा विद्यालयहरुमध्ये रेडस्टारको नतिजा तुलानात्मक रुपमा अगाडी रहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले जानकारी दिए ।
    सरकारको मापदण्ड अनुसार कक्षा १२ लाई अहिले एसएलसी तोकिएकोले एसएलसीमा उत्कृष्ट नतिजा आएको विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनको भनाई रहेको छ ।
    बिगत बर्ष हरुमा झै उत्कृष्ट नतिजा ल्याउदै यश बिधालयले शैक्षिक बर्ष २०७६ मा ३१२ जाना विद्यार्थी को प्रवेश परिक्षा लिई २२५ विद्यार्थी लाई मात्र छनोट गरि कक्षा ११ सञ्चालन गर्दै आउनुका साथै निकट भबिस्यमै रेडस्टार स्कुललाई प्रदेश न १ कै सर्बोत्कृष्ट बिधालय बनाउने शैक्षिक संयोजक गणेश बिष्टले बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…