• इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले घरैमा पुगेर जागिर दिन्छु भनेका अपाङ्ग युवा रोजगारीको खोजीमा भौँतारिइरहेका छन् । इटहरी २ का मानबहादुर भुजेल अहिलेसम्म जागिरकै खोजीमा छन् ।

    गत कात्तिकमा इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले उनको घरैमा पुगेर उपमहानगरपालिकामै जागिर दिने प्रतिबद्धता जनाएका थिए ।

    मेयर चौधरी अनुगमनको क्रममा उनको गाउँमा पुगेका थिए । सोही क्रममा उनको घरमा पुगेका मेयर चौधरीले जागिर लगाइदिने वचन दिएको भुजेल बताउँछन् । मेयरको भनाइ सम्झँदै उनी भन्छन्, ‘तपाईंको सम्पूर्ण डकुमेन्ट लिएर भोलि नै नगरपालिका कार्यालयमा आउनू, तपाईको जागिरको जिम्मा म लिन्छु भन्नुभयो ।’

    मेयरसँगै गएका उनका प्रेस सल्लाहकार लीलाराज भट्टराईले मेयरसँग केही माग राख्न मन लागे राख्नुस् भनेपछि आफूले जागिर लगाइदिन भनेको उनको भनाइ छ । आफ्नो पढाइ र क्षमताअनुसार रोजगारी दिने भनी आश्वासन दिएको भुजेल बताउँछन् । हालसम्म जागिर नभए पनि मेयर चौधरीले वचन खेर जान नदिनेमा आफू आशावादी बनेको भुजेलको भनाइ छ ।

    आफूले अफिसमा काम गर्न सक्ने बताएको र सोही अनुसारको जागिर मिलाइदिन भनेको उनी बताउँछन् । केही दिन अगाडि अपाङ्गता परिचयपत्र बुझ्न उपमहानगर कार्यालयमा जाँदा पनि मेयरले आश्वासन दिएको उनको भनाइ छ । सकेसम्म चाँडै जागिर पाउने आशा रहेको उनले बताए ।

    एउटा हात र दुवै खुट्टा नचल्ने उनी ह्वील चेयरको सहायताले हिँडडुल गर्छन् । स्कुटर र ह्वील चेयर चढ्न पनि अरुको सहारा लिनुपर्ने उनी बताउँछन् । हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी आफू नियमित रूपमा क्याम्पस जाने गरेको बताउँछन् ।

    ‘मेरो लागि अहिले जागिरको खाँचो छ । बसेर गर्ने काम ८ घण्टासम्म गर्न सक्छु,’ उनले भने, ‘किनकि मलाई केही त गरेर देखाउनु नै छ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…