• बाहुण्डाँगी । धुलाबारी जेसीजले आयोजना गरेको ‘बोट रेस’ प्रतियोगितामा चारआली जेसीज च्याम्पियन बनोको छ । प्रदेश १ मा नै पहिलो पटक शनिवार मेचीनगरको पर्यटकीय क्षेत्र कालिका सिमसारमा सम्पन्न प्रतियोगितामा करीब एक किलोमिटकर दुरी चारआली जेसीजले १३ मिनेट १० सेकेन्डमा दूरी पूरा गरी उपाधि जितेको हो ।
    १३ वटा जेसीज शाखाहरु सहभागी बोट रेस प्रतियोगितामा कमलनगर जेसीज दोस्रो भएको छ । कमल नगर जेसीजले १३ मिनेट ३३ सेकेन्डमा दूरी पार गरेको हो । त्यस्तै, १३ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरी सुरुङ्गा जेसीज तेस्रो भएको आयोजक धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेलले जानकारी दिनु भयो ।
    प्रतियोगिता सञ्चालन गर्नुअघि आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले झापामा पनि बोट रेस प्रतियोगिताकै रुपमा गर्न सकिन्छ भन्ने सन्देश जानुले यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढ्ने बताउनु भयो । कार्यक्रममा मेचीनगर वडा नम्बर ११ का वडा अध्यक्ष सन्तोष मेचे, धुलाबारी जेसीजका पूर्व अध्यक्ष क्लवका अध्यक्ष कृष्ण कनाल, कालिका वनका अध्यक्ष योगराज भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।
    धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव डिल्लीराम भण्डारीले गर्नु भएको थियो । धुलाबारी जेसीजका सदस्य अस्मा चापागाईले जेसीज आस्था वाचन गर्नु भएको प्रतियोगितामा कार्यक्रम संयोजक राजिव प्रसाईले स्वागत तथा जेसी गगन पोखरेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो
    जेसीजले सामाजिक कार्यक्रम अन्तर्गत रहेर पहिलो पटक आयोजना गरेको बोट रेस प्रतियोगिता कार्यक्रममा जिल्लाभरका जेसीज सदस्यहरु, स्थानीयबासी र सामुदायिक वनका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…