• बाहुण्डाँगी । देवदह जेसीजको आयोजनामा एक दिने व्यवसायिक पर्वद्धन कार्यशाला सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीले गर्नु भएको थियो । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले स्थापनाको छोटो समयमा देवदह जेसीजले सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै युवाहरुको व्यक्तित्व, नेतृत्व र व्यवसायिक क्षेत्रमा काम गर्न सफल भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अधिकारीले जेसीज तालिमको विश्वविद्यालय भएको बताउँदै जेसीजले हरेक युवाहरुलाई विभिन्न तालिमहरु सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा अब्बल बनाउने बताउनु भयो ।
    ५० जना सहभागि रहेको तालिमको सहजीकरण मुकुन्द ज्ञवालीले गर्नु भएको थियो ।
    शाखाका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष सिनेटर विजय गुरुङ, पूर्व अध्यक्ष बालकृष्ण रिमाल, निवर्तमान अध्यक्ष विष्णु न्यौपाने, देवदह नगरपालिका वडा नम्बर ६ का अध्यक्ष दामोदर क्षेत्रीलगायतको सहभागितामा तालिम सम्पन्न भएको हो । उहाँहरुले देवदह जेसीजले आयोजना गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा सँगै सहकार्य गरेर अघि बड्ने बताउनु भयो ।
    कार्यक्रममाथि कार्यक्रमका संयोजक यमबहादुर थापाले प्रकाश पार्नु भएको थियो । कार्यक्रम सह संयोजक सामाज्ञ अधिकारीले स्वागत तथा महासचिव राजेन्द्र न्यौपानेले सञ्चालन गर्नु भएको थियो । उपाध्यक्ष धर्मराज ढकालले सहभागिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…