• बाहुण्डाँगी । नेपाल जेसीजले प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड आइतवार सार्वजनिक भएको छ ।
    हरेक महिना नेपाल जेसीजले ४ वटा क्षेत्रबाट कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गर्ने एक एक वटा शाखालाई जेसीज अफ द मन्थको अवार्ड वितरण गर्दै आएको छ । जस अन्र्तगत जुलाई महिनाको उत्कृष्ट शाखाहरुको नाम सार्वजनिक भएको हो । जसमा क्षेत्र क बाट झापाको वीरता जेसीज, क्षेत्र ‘ख’ बाट नारायणगढ जेसीज, क्षेत्र ‘ग’ काठमाडौँको थानकोट जेसीज र क्षेत्र ‘घ’ बाट कैलालीको लम्की जेसीज रहेका छन् ।

    एक महिनाभर गरेका शाखाका गतिविधि र त्यसमा शाखाले पठाएको रिर्पाटको आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गरेको हो । गत वर्ष ५ वटा मासिक अवार्ड थाप्नदै वर्षकै उत्कृष्ट शाखा भएको वीरता जेसीजले झापाको पुरानो शाखा मध्येको एक हो । शाखा अध्यक्ष विशाल थापाले अवार्डले थप उर्जा मिलेको बताउनु भयो । यसैगरी, नारायणगढ जेसीजले निरन्तर रुपमा विभिन्न तालिमहरुकोआयोजना गरेको थियो । युवाहरुको व्यक्तित्व, नेतृत्वसहित व्यवसायिक विकासका लागि नारायणगढ जेसीजले विभिन्न अभियानहरु समेत सञ्चालन गर्दै आएको छ । यस शाखाका अध्यक्ष विकासमान महर्जन हुनुहुन्छ । थानकोट जेसीज समेत जुलाई महिनामा उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरेको थियो । यस शाखाका अध्यक्ष राज गोपाली हुनुहुन्छ । कैलालीमा रहेको लम्की जेसीजले जेसीज सप्ताहको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरु सम्पन्न गरेको थियो । शाखाका अध्यक्ष मोहन ढुङ्गानाले आगामी दिनमा समेत यो अवार्डले अझ उत्साहितका साथ काम गर्न प्रेरणा दिने बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…