• साउन २१, पथरी ।
    सुरक्षाका लागि खटिएको प्रहरीले सुरक्षा त दिन्छ तर नियन्त्रणमा लिएका सवारी साधन भने मनोमानी ढंगले प्रयोग गरेको भेटिएको छ ।
    पथरी शनिश्चरे नगरको सुरक्षाका लागि लागि खटिएको प्रहरीले सोमवार राति पथरी वजारमा मापसे सेवन गरेर मोटरसाईकल चलाएको भेटेपछि सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया पुरा गर्न भन्दै धनीलाई सम्वधीत निकाएमा जान भन्दै छाडीदियो ।
    तर मंगलवार दिउसो सो मोटरसाईकल पथरी शनिश्चरे नगरपालिकाको सुन्दरी चौकमा आयोजना भएको फुटवल प्रतियोगितामा भेटिएपछि आफु चकित परेको मोटरसाईकल धनी फडिन्द« भट्टराई वताउछन् ।
    आफ्नो अनुमतिविना प्रहरीले मोटरसाईकल चलाउनुमा आफ्नो आपत्ती रहेको सावरी धनी भट्टराईले वताए ।
    गस्तीमा रहेको पथरी वेस क्यम्पको प्रहरीको टोलीले पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १ वजार लाईनमा राति ८ वजे को ६ प १५९६ नम्वरको मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।
    यसरी प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन सवारी धनीको अनुमति विना प्रयोग गर्न नमिल्ने व्यावस्था भएपनि प्रहरीले अनुमति विनै प्रयोगमा ल्याएको छ ।
    सो मोटरसाईकल वेस क्याम्पका प्रमुख सन्तोष लिम्वुले प्रयोग गरेको भेटिएको छ ।
    लिम्वुलाई सो वारेमा वुझ्दा आफुले सम्वधित सावारी धनी सग अनुमति लिएर प्रयोग गरेको टेलिफोन समपर्कमा वताएता पनि वास्तविकता त्यस्तो नभएको पाईएको छ ।
    सवारी धनी भट्टराईका अनुसार मंगलवार दिउसो आफु्ले फुटवल हेर्न सुन्दरी चौकमा देखेको तर आफु सग कुनै अनुमति नलिएको वताउछन् ।
    यसरी प्रहरीले टा«फिक प्रहरीको नियम विपरीत संचालित सवारी साधनलाई नियन्त्रणमा लिएर कानुनी कार्वाही गर्दै आएको भएतापनि व्याक्तिको सम्पत्ती उसको अनुमति विना प्रहरीले प्रयोग गर्नु विधि सम्वत नभएको देखीएको छ ।
    पथरीको सुरक्षाको पहरेदारको रुपामा रहेको ईलाका प्रहरीकार्यलय मातहत संचालित वेस क्याम्पका प्रहरी लिम्वुले सर्वसाधरणको निजि सम्पतिको विना अनुमति दुरुपयोग गरेका छन् ।
    प्रहरीले नियन्त्रणमा लिएका कुनै पनि व्याक्तिको सम्पति उसको अनुमति विना प्रयोग गर्न नमिल्ने भएतापनि हाल ईलाकामा सवारीको कमी भएको कारण प्रयोग भएको हुन सक्ने ईलाका प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले वताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …