देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम शुक्रवारबाट नारायणगढमा सुरु भएको छ ।
नारायणगढ जेसीजको आतिथ्यतामा सुरु भएको तालिममा देशभरका ५५ जनाको सहभागिता रहेको छ । होटल प्रसिडेन्सी सञ्चालन भइरहेको तालिम ४ दिनसम्म हुनेछ । नेपाल जेसीजबाट टट ग्याजुयट गराई सफल प्रशिक्षण उत्पादन गराउने उदेश्यका साथ यो तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन चितवन उद्ययोग वाणिज्य संघका पूर्व अध्यक्ष तथा प्रध्यापक डाक्टर तिलचन्द्र भट्टराईले गर्नु भएको थियो ।
शाखाका अध्यक्ष विकासमान श्रेष्ठका सभापतित्वमा सम्पन्न प्रशिक्षक सिनेट राजाबाबु शाहलगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । तालिममा एरिया बि का निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, राष्ट्रिय उपाध्यक्ष लालमणी भण्डारी, भोजराज चापागाई, अर्जुन अधिकारी, हरि शर्मा, निवर्तमान कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, रश्मि सिल्पकार, पूर्व राष्ट्रिय उपाध्यक्ष सुदिपसिंह अधिकारी तथा शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । शाखा अध्यक्ष विकासमान श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन तालिम निर्देशक अनुज जोशीले गर्नु भएको थियो ।
तालिमका लागि मुख्य प्रशिक्षक सिनेटर राजाबाबु शाह, सहायक प्रशिक्षक मुक्तिनाथ गैरे र नारायण शर्मा रहनु भएको छ ।