• उर्लाबारी

    बेतिनी सीमसार उर्लाबारी–२ मंगलबारेले शुक्रबारदेखि बोटिङ सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार सीमसार व्यवस्थापन समितिले औपचारिक कार्यक्रमको आयोजना गर्दै उर्लाबारी नगरपालिकका प्रमुख खड्गबहादुर फागोले डुंगा चढेर बोटिंग सेवाको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।
    सीमसार व्यवस्थापन समितिले पहिलो चरणमा दुई वटा डुंगा सञ्चालनमा ल्याएको छ । सीमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो ।
    बोटिङ सेवा उद्घाटन गर्दै नगर प्रमुख फागोले सीमसारको दिगो विकास र व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सीमसारको विकासका लागि नगरपालिकाको तर्पmबाट सम्मानजनक बजेट छुट्याइने बताउनुभयो ।
    यस्तै,कार्यक्रममा बोल्दै सेक्टर वन कार्यालय मंगलबारेका रेञ्जर विश्वराज पण्डितले बेतिनी सीमसारले पर्यटन प्रवद्र्धन गर्नुका साथै जैविका विविधता संरक्षणमा पनि ठूलो भूमिका खेलेको औल्याउनुभयो ।
    कार्यक्रममा बेतिनी सीमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालले सीमसारमा डुंगा सञ्चालन गरिएको औचित्य पुष्ठि गर्दै उहाँले पर्यटन प्रवद्र्धनमा डुंगाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
    सीमसारमा राखिएका ती डुंगा एक लाख ९० हजार खर्चिएर ल्याइएको हो । डुंगा उद्घाटनको पहिलो दिन समितिले स्थानीय र आगन्तुकहरुलाई निःशुल्क रुपमा डुंगा चढाएको थियो । समितिले डुंगा चढे बापत प्रति व्यक्ति ५० रुपैयाँ लिने जनाएको छ ।
    बेतिनी सीमसार परिसरमा बाल उद्यान निर्माण कार्यक्रम पनि भइरहेको सीमसार व्यवस्थापन समितिका सचिव गोपाल खरेलले जानकारी दिनुभयो ।
    सीमसारको सहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनी,लामपाते,बुढाठाकूर सीमसार लगायत अन्य सीमसार क्षेत्रहरु रहेका छन् ।
    कार्यक्रममा वडा नम्बर २का वडाध्यक्ष राजन कडेँल,वडा सदस्यहरु गोविन्द चौम्लागार्इँ,बाबुराम श्रेष्ठ,बानु सुब्बा लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…