साउन २६, पथरी ।
प्रदेश १ का सांसद सुयर्माराज राईले बर्तमान सरकारले देखेको समृद्ध नेपाल स्ुखी नेपालीको चाहाना पुरा गर्न प्राविधिक शिक्षामा लगानी गर्नु पर्ने औल्याएका छन् ।
२१ औ शताब्दिको युगमा सैद्धान्तिक शिक्षा सग–सगै जिवन उपयोगि र निर्वाहमुखी प्राविधिक शिक्षण पद्धति अपनाउनु पर्ने शुक्रबार मोरङको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको कम्प्युटर प्रयोगसालाको उद्घाटन गर्दै राइले सो कुरा बताएका हुन् ।
राइले आफुँपनि शिक्षण पेशाबाट नै आएको हुँदा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए ।
राइले भने “हामीले देश विकास गर्नु छ भने शिक्षालाई नै अर्जुन दृष्टि लागाउनुको विकल्प छैन् । पथरी बहुमुखी क्याम्पसलाई पूर्वको नमूना क्याम्पसको रुपमा विकास गर्नका लागि के गर्नुपर्छ त्यसको लागि म तयार छु । योजना बनाएर सबै मिलेर अघि बढौँ मेरो कार्यकालमा मेरो क्षेत्रमा शिक्षामा भरपुर लगानी गर्न प्रतिवद्ध छु ।”
राइले सांसद विकास कोषबाट पथरीबहुमुखीलाई कम्प्युटर ल्याबका लागि ८ लाख सहयोग गरेका छन् । सो रकमबाट १६ थान ल्यापटप, फोटोकपी मेसिन १ थान, किबोर्ड २० थान, माउस २० थान, माउस प्याड २० थान र मल्टिप्लक ६ थान खरिद गरिएको क्याम्पस प्रमुख चेतन पौडेलले जानकारी दिए ।
कार्यक्रममा क्यामपस लेखा समिति संयोजक केशव प्रसाद दाहाल, संचालक समिति अध्यक्ष मोहन कुमार न्यौपाने, स्ववियु सभापति गोपाल साँवा लगाएतले सांसद राईको सहयोग प्रति धन्यवाद ज्ञापन गरेका छन् ।
यसैविच राईले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भागिरथ माविमा पनि शिक्षकहरुसंग अन्तरक्रिया गरेका छन् ।
शिक्षामा सुधारका लागि के के कुराको आवश्यकता छ सो को जानकारीका लागि पनि सबै विद्यालयका शिक्षकहरुसंग बस्ने राइले बताए ।
भागिरथ माविले बालि तथा कृषि विज्ञानको अध्यापनका लागि तयारी गरिरहेको प्रअ डिल्लीराज दाहालले जानकारी दिए । विद्यालयलाई तत्काल १४, १५ कोठाको भवन, ल्याबका लागि खर्च अभाव, भवन अभाव रहेको लगाएतका विषयहरु सांसद राईलाई जानकारी दिए ।
प्रस्तावना सहित आवश्यक बजेट निर्माणका लागि पहल गर्न राईले सुझाएका छन् ।