• गौरादह । गत वर्षको वैशाखदेखि निर्माण कार्य थालिएको गौरादह बजार यतिबेला बहुआयामिक नमुना हाटबजार तथा पार्कमा परिणत भएको छ। ९५ भन्दा बढी व्यवस्थित स्टल, बजारको बीच भागमा इन्टरलक टायल, बढ्दै गएका बोटबिरुवा र फुलले गर्दा बजार हेर्न लायक भएको छ। झन सोलार बत्ति र सिसि क्यामेराको निगरानीले गर्दा अहिले यो बजार थप सुरक्षित समेत भएको छ।

    बजार व्यवस्थित नहुदा व्यापारी तथा सर्वसाधारणले सास्ती बेहोर्नु पर्दै आएको थियो। बर्खा लागेपछी हिलोले गर्दा खुट्टा टेक्ने समेत ठाउँ हुदैन थियो भने त्रिपाल टाँगेर व्यापार गर्नुपर्ने झन्झट त्यस्तै थियो। तर यो पन्ध्र महिनाको अवधीमा बजार व्यवस्थापन समितिको नेतृत्व लिएका खड्ग थापा र अन्य सदस्यले उल्लेखनीय कामहरु गरेको पाईन्छ।

    निर्माण कार्य थालनी गर्दा केही बिरोधका स्वर नगुन्जिएका भने हैनन। बजार क्षेत्रमा रहेको पिपलका रुख तथा अन्य बोट बिरुवा मास्दा बजार व्यवस्थापन समितिले चर्को दबाब थेग्नु परेको थियो । स्थानीयको तिब्र दबाब र असन्तुष्टिका बाबजुद थापा नेतृत्वको समितीले गहन जिम्मेवारी पूरा गरेको देखिन्छ ।

    त्यो बेलामा बिरोध गर्नेहरु अहिले थापाको खुलेर प्रशंसा गर्न थालेका छ्न। बनाउन सुरु गर्दा त बजार खत्तमै बनाए भन्ने लागेको थियो तर अहिलेको यो अवस्था हेर्दा खुशीका साथै गर्व पनि लागेको छ´ स्थानीय प्रकाश बास्कोटा  भने - अझ सार्वजनिक शौचालय र व्यवस्थित पार्किङ भए सुनमा सुगन्ध हुने थियो।´

    बजारलाई किनबेच गर्ने केन्द्र् मात्र नभएर पर्यट्किय स्थलका रुपमा बिकास गराउने योजनाका साथ काम भएको थियो। त्यसै अनुरुप अबको तीन महिना भित्रमा थप काम सम्पन्न गर्ने जानकारी अध्यक्ष थापाले दिए। थापाका अनुसार गौरादहको पोखरीको प्रतीक बनाएर गाईले पानी खाईरहेको प्रतिमा बनाईने छ भने हिड्ने सडकमा इन्टरलक टायल, दुर्गा मन्दिर र हनुमान मन्दिरलाई थप आकर्षित बनाईने छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …