काठमाडौं, ११ पुस : नेकपा एमालेका नेता लालबाबु पण्डितले अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री केपी शर्मा ओली हुने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले ओलीले पूरा पाँच वर्ष सरकार चलाउने दाबी पनि गरे ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछिको पार्टीको अध्यक्ष भने ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालमध्येबाट एकजना बन्ने उनको भनाइ थियो ।
दुई पार्टी मिलेपछि एकता महाधिवेशन गरेर नेताहरुको त्यसको व्यवस्थापन गर्नुपर्ने सुझाव उनको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रियसभाको गठनपछिमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने बताए ।