तिम्रो खुशी जान्छौ भने, जाउँ चहीँ भन्दिन ।।
पछुताएर फर्कन्छौ फर्क, आउँ चहीँ भन्दिन ।।
जिन्दगीको मुडहरू न तिम्रो बसमा छ न मेरो ।
भैगयो नौलो बाचा कसम, खाउँ चहीँ भन्दिन ।।
शुख पाउनु दु:ख पाउनु यो त "कर्मको" खेल ।
मठ मन्दिर तिर बर्त लिदै, धाउ चहीँ भन्दिन ।।
हर कोही रित्तो छन् यहाँ, बिना "साथ" कसैको ।
मिलन अमुल्य बर्दान होला भाउ चाहिँ भन्दिन।।
तिम्रो खुशी जान्छौ भने, जाउँ चहीँ भन्दिन ।।
पछुताएर फर्कन्छौ फर्क, आउँ चहीँ भन्दिन ।।
Arbin kulung