• काठमाडौं । राष्ट्रिय राजीनित यतिबेला अन्यौलमा छ । प्रतिनिधिसभा निर्वाचन अघि पार्टी एकता सम्म गर्ने सहमतीमा बाम गगबन्धन निर्माण गरेका नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रबीच अहिले दुरी बढेको जस्तो देखिन्छ । दुवै पार्टीका सिषर्थ नेताहरु अनौपचारिकरुपमा आरोप प्रत्यारोपमा उत्रिएको जस्तो देखिन्छ ।

    निर्वाचन परिणाम आउँदै गर्दा अबको प्रधानमन्त्री केपी शर्मा ओली हुन् भन्ने एकै बोली बोल्ने एमाले र माओबादी दुवै दलका नेता कार्यकर्ताहरुको बोली अहिले फेरिएको जस्तो देखिन्छ । कामचलाउं भैसकेको का प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाको निर्वाचन पछि मात्रै सरकार छाड्ने मनस्थीतिमा छन् । तर, नेकपा एमाले आफ्नै नेतृत्वमा राष्ट्रियसभा निर्माण गर्ने बताई रहेको छ ।

    हो, सत्ता गठबन्धनको विषय एकाएक तरल बनेको छ । शनिबार दुवै पार्टीका नेता सम्मिलित संयोजन समिति बैठक बसेर एकताको विषय अघि बढाउने समझदारी थियो । तर, उक्त बैठक बस्न सकेन् । यस्तो महत्वपूर्ण बैठकको एक दिनअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो गृहजिल्ला चितवन हिँडे।

    एमालेसँग एकपटक एकता भइसकेपछि दाहाललाई ‘त्यहाँबाट निस्कन गाह्रो हुने’ र त्यसले उनको ‘राजनीतिक भविष्य नै जोखिममा पर्ने’ भनेर कांग्रेस नेताहरूले माओबादी केन्द्रका नेताहरुलाई बताउने गरेका छन् ।

    माओवादीभित्र पनि दोस्रो पुस्ताका नेताहरू एकतामा जाने–नजानेमा विभाजित छन्। एकीकृत पार्टीमा एमालेकै नेता–कार्यकर्ताको बाहुल्य रहने हुँदा त्यसमा आफ्नो भविष्य सुरक्षित नहुने कतिपयले तर्क गर्ने गरेका छन्।

    कांग्रेस सँगसँगै दाहालले फोरमसँग पनि सरकार गठनबारे कुरा गरेका छन् । दाहाल नेतृत्वमा सरकार बनाउन फोरम सकारात्मक भएपछि नै उनी काठमाडौंबाहिर गएको र एमालेसँग एकता तथा सरकार गठनबारे मुख खोलेको धेरैको विश्वास छ।

    उता, एमाले पनि चुप लागेर बसेको छैन । एमालेले फोरमसँग छलफल थालेको छ। एमाले र फोरम मिले भने कांग्रेस र माओवादीबिनै सरकार बनाउन सक्छन्। एमालेको प्रत्यक्ष र समानुपातिक गरी १ सय २१ सांसद हुनेछन् भने फोरमका १६ जना हुनेछन् ।

    प्रतिनिधिसभामा बहुमतको सरकार बनाउन १ सय ३८ सांसदको आवश्यकता पर्छ। संसदमा राजेन्द्र लिङ्देन, छक्कबहादुर लामा, बाबुराम भट्टराई, दुर्गा पौडेल, प्रेम सुवालसहित पाँच जना स्वतन्त्र सांसद छन्। यीमध्ये कसैको पनि सहयोगमा एमाले र फोरमको बहुमत सरकार बन्न सक्छ ।

    केही गरी दाहाल एमालेबिनै सरकार गठन गर्ने दिशामा अघि बढे र पार्टी एकताको विषय पनि लत्याए भने त्यो बेला एमालेले के गर्ला भन्नेमा चासो सबैमा छ । त्यतिबेला ऊसँग कांग्रेस–माओवादी सरकार रोक्न एउटा अस्त्र भने बाँकी रहनेछ । त्यो अस्त्र हो – उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ।
    हो, तसर्थ गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामबरण यादव भए झै संघिय गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रुपमा मधेशी पुत्र उपेन्द्र यादब हुन सक्छन् । यदी तयो सम्भव भयो भने मधेशका मुद्दा उठान गर्दै आएको मधेश केन्द्रित दल र मधेशी जनताहरु खुसी हुनेछन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …