• बाहुण्डाँगी । नेपाल जेसीजको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम नारायणगढमा सम्पन्न भएको छ ।
    नारायणगढ जेसीजको आतिथ्यतामा भएको तालिममा देशभरका ३२ वटा शाखाका ५५ जनाको सहभागिता रहेको थियो । अब सहभागिले ५ महिनाको अवधीमा ५ वटा तालिम सञ्चालन गर्नु पर्ने र उक्त तालिमको रिर्पोट नेपाल जेसीजलाई बुझाएपछि मात्र नेपाल जेसीजका ४५ औँ राष्ट्रिय महाधिवेशनमा ग्रयाजुएट गरिनेछ ।
    तालिममा उत्तम पकुवाल, सनराइज चौधरी, सञ्जिव भुषाल, हरि कृष्ण भण्डारी, अनिता पाण्डेलाई उत्कृष्ट सहभागि अवार्ड प्रदान गरियो । यसैगरी ५ वटा ग्रुप मध्ये नारायणी गु्रप उत्कृष्ट बन्यो ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यता तथा नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक राजावाबु शाह, नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल, पूर्व राष्ट्रिय उपाध्यक्ष सुदिपसिंह अधिकारी, सहभागिका तर्फबाट देबु बानियाँ, अनु श्रेष्ठ, रश्मि शिल्पकार र बसन्त भण्डारीले बोल्नु भएको थियो ।
    कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल(मलिन), सिनेटर रविन पोखरेल, राष्ट्रिय महासचिव सिनेटर अभिषेक श्रेष्ठ, राष्ट्रिय उपाध्यक्षहरु सिनेटर कमल भण्डारी, सिनेटर इनु थापा, अर्जुन अधिकारी, विभिन्न शाखाका शाखा अध्यक्ष, पूर्व राष्ट्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
    तालिम निर्देशक अनुज जोशीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन शाखाका महासचिव अमृत श्रेष्ले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…