• काठमाडौँ । बिहीबार जनैपूर्णिमा, रक्षाबन्धन । यस दिन क्वाँटी पनि खाइन्छ । जनैपूर्णिमाको दिन ११ थरिका गेडागुडी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपानीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।

    के छन् त क्वाँटीका फाइदा ? क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ । यसले थकित शरीरमा ऊर्जा संचार गर्छ भने चिसो पनि भगाउँछ ।

    स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ ।

    रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ ।

    यसले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ ।

    रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

    स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ । रक्त संचार तथा स्नायुप्रणालीलाई फाइदा पुग्छ ।

    बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्‍याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…